Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कोक्राझारका नवनियुक्त उपायुक्त मेघनिधि दाहाललाई भेट गर्‍यो गोर्खा छात्र संघले

कोक्राझार,१७ जुन: अखिल असम गोर्खा छात्र संघ, कोक्राझार जिल्ला समितिको एउटा टोलीले मंगलबार बीटीआर अन्तर्गत कोक्राझार जिल्लाका नवनियुक्त उपायुक्त मेघनिधि दाहालसँग भेटवार्ता गरेको थाहा लागेको छ। जानकारी अनुसार, गोर्खा छात्र संघ, कोक्राझार जिल्ला समितिका सभापति सुबास पोख्रेलको नेतृत्वमा गएको टोलीले जिल्ला उपायुक्त कार्यालयमा नवनियुक्त उपायुक्त मेघनिधि दाहालसँग भेट गरेर गोर्खाहरुको विभिन्न समस्याहरु अवगत गराएर एउटा ज्ञापन पत्र चढाएको छ भने समस्या समाधानको दिशामा एक महत्वपूर्ण चर्चा भएको थाहा लागेको छ।

उपायुक्त मेघनिधि दाहालसँग भेट गरे पश्चात् उक्त टोलीले कोक्राझार जिल्ला अन्तर्गत विभिन्न थाना तथा प्रहरी चौकीहरु पनि भ्रमण गरेर प्रहरी अधिकारीहरुलाई गोर्खाहरुले भोग्नु परेको विभिन्न समस्या बारे अवगत गराएका छन् भने भेटवार्ता कार्यक्रम सौहार्दपूर्ण रहेको गोर्खा छात्र संघ केन्द्रीय समितिका प्रचार सचिव सुरज गिरीले बताएका छन्।

उक्त टोलीमा अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिका प्रचार सचिव सुरज गिरी, बीटीसी क्षेत्रीय समितिका मूल सचिव हेमन्त शर्मा, उप-सभापति जनक छेत्री, कोक्राझार जिल्ला समितिको पक्षबाट मूल सचिव किरण छेत्री, उप सभापति अर्जुन छेत्री, सह सचिव दशरथ अधिकारी, सांगठनिक सचिव अमृत खड्का लगायत जिल्ला समिति अन्तर्गत विभिन्न आञ्चलिक र शाखा समितिका सभापति र मूल सचिव रहेको थाहा लागेको छ।

Post a Comment

Previous Post Next Post