Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किमका दुई गोर्खा विद्यार्थीले अन्तर्राष्ट्रिय सम्मेलनमा भारतको प्रतिनिधित्व गर्ने

गान्तोक,१७ जुन: सिक्किमका दुई प्रतिभावान गोर्खा विद्यार्थी रिसल पाण्डे र आदित्य छेत्री आगामी १७ देखि २० सेप्टेम्बरसम्म सयुक्त अरब अमिराद (युएई) को दुबईमा अवस्थित मेरियट अल जद्दाफमा आयोजन हुने 'अरब युथ इन्टरनेशनल मोडल युनाइटेड नेशन २०२१' नामक एक अन्तर्राष्ट्रिय सम्मेलनका लागि छनौट भएका छन्। उनीहरुले यस अन्तर्राष्ट्रिय सम्मेलनमा भारतलाई प्रतिनिधित्व गर्नेछन्।

विश्वका कूल ५० भन्दा अधिक देशका प्रतिनिधिहरुले भाग लिने यस सम्मेलनमा विश्वभरका १० हजार विद्यार्थीमध्ये सिक्किमका रिसल पाण्डे र आदित्य छेत्री पनि सम्मेलनका लागि चयनित भएका छन्।

वैश्विक शान्तिका लागि युवाहरुलाई सशक्त बनाउन प्रतिबद्ध रहेको अमेरिकाको 'ग्लोबलाइजेशन एलएलसी' नामक संगठनले आयोजन गरेको यस सम्मेलनमा विश्वका ज्वलन्त मुद्दाको साथै वर्तमानको कोभिड-१९ महामारी माथि चर्चा हुने थाहा लागेको छ।

यस अन्तराष्ट्रिय सम्मेलनले सहभागी प्रतिनिधिहरुलाई विश्वव्यापी मुद्दाहरुमा बहस गर्नसितै सफल भविष्य निर्माणका लागि समाधान खोज्ने अवसर प्रदान गर्नेछ।

उल्लेखनीय छ, तादोङको होलीक्रस विद्यालयबाट माध्यमिक उतीर्ण रिसल र आदित्य वर्तमान पश्चिम बङ्गालको सिलगढीस्थित दिल्ली पब्लिक स्कूलमा अध्ययनरत छन्।

Post a Comment

Previous Post Next Post