बाक्सा,१७ जुन: अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिको एउटा टोलीले आज बाक्सा जिल्लाका नवनियुक्त उपायुक्त आयुष गार्गसँग उपयुक्त कार्यालयमा सौहार्दपूर्ण भेट गरेर जिल्लामा स्वागत गरेको छ।
जानकारी अनुसार, गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिका सभापति राजु सुवेदीको नेतृत्वमा गएको टोलीले भेटवार्ताको क्रममा जिल्लाभित्र बसोवास गर्ने गोर्खाहरुले भोग्नु परेको आधार कार्डको समस्या, डि-भोटरको समस्या, एनआरसीको समस्या र खोलानालाको किनारमा बसोवास गर्ने गोर्खा मानिसहरुले भोग्दै आउनु परेको भू-कटाउको समस्या आदि बारे नवनियुक्त उपायुक्तलाई अवगत गराएका छन्। साथै उक्त टोलीले उपायुक्तलाई चाँडै समस्या समाधानको लागि पहल चाल्न आव्हान गरेको छ भने उपायुक्त आयुष गार्गले पनि समस्या समाधानको आश्वासन दिएका छन्।
उक्त टोलीमा गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिका सह सचिव एमकान्त पौडेल, कार्यालय सचिव मित्र भण्डारी र सुवनखाटा आञ्चलिक समितिका पूर्व सभापति तथा जिल्ला सदस्य कमल तामाङ रहेका थिए।
Post a Comment