Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किममा बढ्यो लकडाउन

गान्तोक, ०८ जुन,२०२१: सिक्किम सरकारले थप १ हप्ताहको लागि लकडाउन बढाएको छ। सिक्किममा जारी रहेको लकडाउन आगामी १४ जुनको बिहान ५ बजेसम्म रहनेछ। 
                  आइतबार सिक्किमका मुख्यमन्त्री पी.एस. गोलेको अध्यक्षतामा सम्पन्न एक उच्चस्तरीय बैठकमा लकडाउन बढाउने निर्णय लिइएको हो।
                  सिक्किम सरकारले लकडाउन बढाए तापनि केही छुट र समयतालिकामा फेरबदल गरिएको छ। प्राप्त जानकारी अनुसार, रासन र सागसब्जी पसलहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। यसअवधि हार्डवेयर पसलहरु पनि खोल्न छुट दिइएको छ। उल्लेख छ, मदिरा पसलहरु खोल्न अघिबाट नै छुट दिइएको छ।
                 अतिरिक्त सबै सरकारी कार्यालयहरु ३० प्रतिशत कर्मचारीको उपस्थितमा खोलिने छन्।
                 उक्त बैठकमा जुन महिनामा १८ देखि ४४ वर्ष उमेरका ६५ हजार मानिसहरूलाई कोभिडको खोप लगाइने निर्णय लिइएको छ।
                 यता बैठकमा ब्ल्याक फङ्गसको रोकथाम र उपचारको लागि एउटा कोर टिम बनाइने पनि निर्णय लिइएको छ।

Post a Comment

Previous Post Next Post