नयाँ दिल्ली,०८ जुन,२०२१: सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधनको क्रममा दुईवटा महत्वपूर्ण घोषणा गरेका छन्। आगामी २१ जुनदेखि देशको हरेक राज्यमा १८ बर्षदेखि माथि उमेरका नागरिकलाई खोप लगाउन भारत सरकारले नि:शुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने कुरा प्रधानमन्त्री मोदीले घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीको घोषणा अनुसार, भ्याक्सिन निर्माताहरुबाट कूल भ्याक्सिन उत्पादनको ७५ प्रतिशत भारत सरकारले खरिद गरेर राज्य सरकारहरुलाई नि:शुल्क प्रदान गर्नेछ।
अर्कातिर गरीब कल्याण अन्न योजनालाई आउँदो तिहारसम्म बढाउने पनि घोषणा गरे प्रधानमन्त्री नरेन्द्र मोदीले। अर्थात् आगामी नोभेम्बर महिनासम्म केन्द्रीय सरकारले ८० करोडभन्दा बढी देशवासीलाई हरेक महिना नि:शुल्क अन्न प्रदान गर्नेछ।
Post a Comment