Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

नेपाली साहित्य परिषद्, मणिपुरको ३९ औं स्थापना दिवस भर्चुअली पालन

मणिपुर,०२ जुन,२०२१: नेपाली साहित्य परिषद्, मणिपुरको ३९ औं स्थापना दिवस आज भर्चुअली मनाएका छन्। स्थापना कालदेखि प्रत्येक वर्ष धुमधामका साथ नेपाली साहित्य परिषद्, मणिपुरको स्थापना दिवस मनाई आइरहेका थिए, तर कोरोना महामारीको प्रकोपले गर्दा गत सालदेखि यो सम्भव हुन सकेको छैन। नेपाली साहित्य परिषद्, मणिपुरले गत साल स्थापना दिवस सामान्य तरिकाले मनाएको थियो भने  यसपाली भर्चुअली पालन गरेको छ।

             नेपाली साहित्य परिषद, मणिपुरको स्थापना अँ १९८३ सनको २ जुनको दिन भएको थियो। अनेक उतार चढाव पार गर्दै नेपाली साहित्य परिषद्, मणिपुर आजको स्थानसम्म आइपुगेको छ। 

            उल्लेखनीय यस पटक नेपाली साहित्य परिषद्, मणिपुरको स्थापना दिवससँग मेल राख्दै मणिपुरका प्रायः जसो गोर्खा कविहरूले गत् २८ मईका दिन अडियो, भिडियो मार्फत दिन भरी कविता पाठ गरेका थिए। २५/२६ जना कविहरूले आफ्नो समय मिलाएर कविता पाठ गरी यस महान दिवसको गौरव बढाएका छन्।
 
            यता आज स्थापना दिवसको भर्चुअली कार्यक्रममा बेलुकी ४ बजे नेपाली साहित्य परिषद्, मणिपुरका मूल सचिव दीपक पन्थद्वारा दीप प्रज्वलन तथा स्वागत सम्बोधन गर्दै कार्यक्रम शुरू गरेका थिए। नेपाली साहित्य परिषद्, मणिपुरका अध्यक्ष भवानी अधिकारीको अध्यक्षतामा सम्पन्न भर्चुअली कार्यक्रममा डा॰ टंकनाथ खतिवडाले भाषा साहित्य तथा साहित्य परिषदको भूमिका माथि भनाई राखेका थिए। भर्चुअली कार्यक्रममा त्रिपुरा केन्द्रीय विश्वविद्यालयका भी॰सी॰ डा. गंगा परसाईं, (नेपाली साहित्य परिषद, मणिपुरका सदस्य) पनि उपस्थित थिए। कार्यक्रममा गत २८ मईका दिन वाचन गरेका कविताहरूको पर्यवेक्षक वसन्ती देवी पौडेलले आफ्नो विचार प्रस्तुत गरेकी थिइन्। कवयित्री सीता देवी छेत्रीको संक्षिप्त वक्तव्य पछि मणिपुरम सक्रिय बनी निस्केका युवा साहित्यकारका प्रतिनिधि स्वरुप हर्कबहादुर लामगादे (रोहित) एवम् सुनिल लिम्बुले आफ्नो वक्तव्य राखेका थिए। अन्त्यमा सभाध्यक्षको वक्तव्य पछि परिषद्का सह सचिव होमनाथ चापागाईंले धन्यवाद ज्ञापन गरे पश्चात कार्यक्रम समापन गरिएको थियो।

              उल्लेखनीय छ वर्तमान मणिपुरमा युवावर्ग साहित्यमा अग्रसर भइरहेकाले साहित्य परिषदलाई ठुलो काँध दिएका छन्। नेपाली साहित्य परिषद्, मणिपुरको अर्को एउटा विशेष कार्य प्रथम भारतीय गोर्खा शहिद निरञ्जन सिंह छेत्रीलाई खोजबिन गरी (भवानी अधिकारीद्वारा ) उभ्याउन ठुलो भूमिका खेलेको छ। केही महिना अघि भारतीय गोर्खा परिसंघद्वारा मणिपुरका मुख्यमन्त्री विरेन सिंहद्वारा शहिद निरञ्जन सिंह छेत्रीको मूर्ति अनावरण गरी एउटा इतिहास बलियो बनाउन सफल भएको छ।

Post a Comment

Previous Post Next Post