अलग राज्य गोर्खाल्याण्ड सन्दर्भमा भाजपाका केन्द्रीय महासचिव भूपेन्द्र यादवको महत्वपूर्ण मन्तव्य
न्युज डेक्स,०३जुन: अलग राज्य गोर्खाल्याण्ड सन्दर्भमा भाजपा केन्द्रीय महासचिव भूपेन्द्र यादवले "विभाजन एकमात्र हल हैन" भनी बताएका छन्।
गत मङ्गलबार भाजपा असम प्रदेश समितिले आयोजन गरेको "सुलगता बंगाल, क्या हिंसा ही है समाधान" शीर्षक वेविनारमा पश्चिम बङ्गालको परिवेश चर्चा क्रममा गोर्खा छात्र संघका पूर्व सभापति तथा वर्तमान भाजपा असम प्रदेशका सदस्य जगदीश खनालले चर्चाबिच छुट्टै गोर्खा राज्य गोर्खाल्याण्डको प्रसंग उठाउँदै "बंगालमा देशका प्रधानमन्त्री, राज्यका राज्यपालको सम्मान छैन त्यहाँ गोर्खाहरुको के हालत होला? गोर्खाहरुलाई विगत सत्तरी वर्षबाट शोषण गरि आएका छन्। त्यहाँ गोर्खा र कमतापुती कोच राजवंशीलाई छुट्टै गोर्खाल्याण्ड र कमतापुर नामले केन्द्रीय शासित प्रदेश बनाएर न्याय दिलाउनु पर्छ भन्ने माग गरेपछि जगदीश खनालको प्रश्नको जवाफ दिदै भाजपाका केन्द्रीय महासचिव भूपेन्द्र यादावले "विभाजन एकमात्र हल हैन तरपनि संविधानको दायरामा बसेर समाधान र न्याय अवश्य निकाल्नु पर्छ" भन्ने जवाब दिएका छन्।
उल्लेखनीय छ, उक्त वेविनारमा भाजपाका केन्द्रीय महासचिवको साथै भाजपा प्रवक्ता डा. सन्दीप पात्र, केन्द्रीय मन्त्री रामेश्वर तेली, भाजपा असम प्रदेशका अध्यक्ष रञ्जित दास, असमका मुख्यमंत्री डा. हिमन्त विश्व शर्मा, पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल, असम सरकारका मन्त्री, असमका सांसद, विधायकहरु र भाजपा असम प्रदेश समितिका उच्च दायित्वमा रहेका नेतृत्वहरु उपस्थित थिए।
जुन समयमा नेताले जनसभामा मात्र गोर्खाहरुको मुद्दा उठाउने गर्दछन त्यही समयमा अखिल असम गोर्खा छात्र संघका पूर्व सभापति तथा वर्तमान असम गोर्खा सम्मेलनका मूल सचिव तथा भाजपा असम प्रदेश समितिका सदस्य जगदीश खनालले आफ्नो जातिको पक्षमा रहेर आवाज उठाएको कार्य सराहनीय छ। तर पनि फेरि एउटै प्रश्न खडा हुन्छ विभाजन नगरि संवैधानिक तरिकाले पाइने अधिकारलाई अलग राज्य गोर्खाल्याण्डसँग जोडनु मिल्छ होला?
Post a Comment