गुवाहाटी, ०४ जुन,२०२१: बिहीबार अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका सदस्य रोहित लम्साल र गोवालपाड़ा जिल्ला समितिका सभापति लोहित छेत्रीले जीएमसीएइचमा पुगेर पद्मश्री डा. बिरुबाला राभाको स्वास्थ्यको खबर लिएका छन्।
समाजबाट अन्धविश्वास र रुढीवादी कुसंस्कार हटाउन लामो समयदेखि संग्राम गर्दै आएकी डा. बिरुबाला राभा विगत केही दिनदेखि बिरामी भइरहेकी छिन् भने उनी वर्तमान जीएमसीएइचमा उपचारधीन छिन।
गोवालपाड़ा जिल्ला अन्तर्गत असम-मेघालय सिमान्त क्षेत्रको ठाकुरबिला गाउँ निवासी समाज सुधारक डा. बिरुबाला राभाले स्वयम् अन्धविश्वासको सामना गर्नु परेपछि अँ १९८५ सनदेखि विशेषतः समाजका नारीहरुलाई बोक्सीको आरोप लगाउँदै हत्या गरिने कुसंस्कार विरुद्ध संग्राम गरेर ख्याति कमाएकी छन्।
लामो समयदेखि बोक्सी विरुद्ध सशक्त आवाज उठाउँदै आएकाले समाज सुधारक डा. बिरुबाला राभा अँ १९९९ सनमा शान्तिको नोबेल पुरस्कारको लागि नोमिनेट भएकी थिइन्। त्यसपश्चात् २००५ सनमा 'रिलायन्स रियल हिरो' पुरस्कारले सम्मानित डा. बिरुबाला राभालाई भारत सरकारले २०२१ सनको २६ जनवरीको दिन 'पद्मश्री पुरस्कार' को निम्ति पनि चयन गरेको छ भने उनलाई भारत सरकारले आगामी १५ अगस्तको दिन 'पद्मश्री सम्मान'ले सम्मानित गर्ने कुरा थाहा लागेको छ।
Post a Comment