Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

केही छुटसहित पश्चिम बङ्गालमा फेरि बढ्यो लकडाउन

कोलकाता,२९ जून: केही छुटसहित पश्चिम बङ्गालमा जारी रहेको 'कोभिड प्रतिबन्ध' लाई आउँदो १५ जुलाईसम्मका लागि बढाइएको छ। सोमबार राज्य सचिवालय नवान्नमा पत्रकार सम्मेलन सम्बोधन गर्दै मुख्यमन्त्री ममता बनर्जीले केही छुटसहित राज्यमा जारी रहेको 'कोभिड प्रतिबन्ध'लाई आउँदो १५ जुलाईसम्म बढाइएको जानकारी गराएकी छिन्। मानिसहरूको सुविधालाई ध्यानमा राखेर चौंथो चरणको लकडाउनमा अतिरिक्त छुट प्रदान गरिएको छ। 

जानकारी अनुसार, चौंथो चरणको यस लकडाउनमा राज्यमा वाहनहरूको चलाचल खुला रहेने छ। यद्यपि वाहनहरूले क्षमताको ५० प्रतिसत यात्रु बोक्न पाउनेछन्। राति ९ बजेदेखि बिहान ५ बजेसम्म वाहन र मानिसहरुको आवतजावतमा पूर्ववत् प्रतिबन्धै रहनेछ। यद्यपि यसअवधि आवश्यकीय सेवाका लागि भने चलाचलमा छुट दिइएको छ।

त्यसैगरी सेलुन अनि ब्युटी पार्लर बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म ५० प्रतिसत ग्राहक सहित खुल्ला रहनेछ। सेलुन र ब्युटी पार्लरलाई नियमित सेनिटाइजेशन गरिरहनु पर्नेछ। साथै सम्पूर्ण कर्मचारी अनि ग्राहकहरूको टिकाकरण भइसकेको हुनुपर्ने सर्त राखिएको छ। 

चौंथो चरणको लकडाउनमा जिमहरू पनि ५० प्रतिसत मानिससहित बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकीको ४ बजेदेखि रातिको ८ बजेसम्म खुला रहेनछ।

हाट बजार बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ला रहनेछ। अन्य पसलहरु बिहानको ११ बजेदेखि रातिको ८ बजेसम्म खुला रहनेछ।

त्यसैगरी निजी कार्यालयहरु ५० प्रतिसत कर्मचारीहरूको उपस्थिति सहित खुल्ला रहनेछन्। कर्मचारीहरूको यातायात संस्था स्वयंले सुनिश्चित गर्नुपर्ने छ। 

ब्याङ्क सेवा बिहानको १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने छ। 

रेल सेवा चौंथो चरणको लकडाउनमा पनि स्थगित गरिएको छ।

Post a Comment

Previous Post Next Post