Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किमे छोरी डा. दीपशिखा छेत्री बनिन् भारतीय सेनामा कप्तान

 


गान्तोक,२२ जुन: एउटा खुशीको खबर! सिक्किमकी छोरी डा. दीपशिखा छेत्री भारतीय सेनामा कप्तान बनेकी छन्। उनी सिक्किम राज्यबाट भारतीय सेनामा सेवा पुर्याउने दोस्रो महिला अफिसर बनेकी छन्। डा. दीपशिखा छेत्री गान्तोक सिच्छे निवासी राजेन्द्र कुमार छेत्री अनि बिन्दु छेत्रीकी छोरी हुन्। उनले स्कूले शिक्षा गान्तोकको टाशी नामग्याल एकाडेमी, कालेबुङको सेन्ट जोसेफ अनि बिरला बालिका विद्यापीठ पिलानीबाट प्राप्त गरेकी थिइन्। त्यसपछि उनले सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसबाट एमबीबीएस शिक्षा ग्रहण गरेकी हुन्। डा. दीपशिखा छेत्रीले सेनाको मेडिकल परीक्षामा सर्वभारतीय स्तरमा छैठौं स्थान ओगट्न सफल बनेकी छिन्। वर्तमान उनी एकजना डक्टर र सैनिकका रूपमा पूरा गर्नु पर्ने ८ महिने फिल्ड कार्यकालमा छिन्।    

                  उनको यो उपलब्धि सिक्किम र सिक्किमेली मानिसहरुको लागि गौरवको कुरा हो। गोर्खा गौरव डा. दीपशिखा छेत्रीलाई धेरै धेरै बधाई एवम् शुभकामना।

Post a Comment

Previous Post Next Post