Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
गान्तोकबाट प्रकाश अधिकारीको प्रतिवेदन, २६जूनः सिक्किम सरकारले वाहनहरूको अन्तर जिल्ला आवगमनमा लगाएको प्रतिबन्ध हटाउँदै राज्यमा जारी लकडाउन २८ जुनदेखि ५ जुलाईसम्मका लागि थप बढाएको छ।
अब मानिसहरू एक जिल्लादेखि अर्को जिल्ला आवगमन गर्न सक्नेछन्। गृह विभागले आज जारी गरेको आदेश अनुसार, २८ जुनदेखि राज्यमा अन्तरजिल्ला आवागमन मानिस तथा वाहन दुवैका लागि खुल्ला रहनेछ। अन्तर जिल्ला आवागमन खुल्ला गर्ने क्रममा सरकारले वाहनहरूको चलाचल अड र इभन आधारमा हुने बताएको छ। यो नियम चारचक्के र दुई चक्ने दुवै प्रकारका वाहनमा लागू रहनेछ।
यता २८ जुनदेखि सबै रेस्टुरेन्टहरूलाई राति १० बजेसम्म चलाउन सक्ने अनुमति दिइएको छ। वर्तमान रेस्टुरेन्ट ९० बजेसम्म खुल्ला रहने गरेको छ भने एक घण्टाको थप अवधि पाएका छन्। यद्यपि कोभिड प्रोटोकललाई पालन गर्दै क्षमताको ५० प्रतिशत मात्र ग्राहक रेस्टुरेन्टमा बस्न पाउनेछन्।
यसरी नै नाइट कर्फ्यु राति १०:३० बजेदेखि बिहान ६ बजेसम्म लागू रहने आदेशमा उल्लेख गरिएको छ।
नयाँ आदेश २८ जुनदेखि ५ जूलाई बिहान ६ बजेसम्मका लागि जारी गरिएको हो।
Post a Comment