Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

बाक्साका वरिष्ठ समाजसेवी शिव कुमार राई अब रहेनन्


बाक्सा, १२ मई,२०२१:  बाक्सा जिल्लाका वरिष्ठ समाजसेवी,संगठक, जाति हितैषी शिव कुमार राईको देहान्त भएको खबर प्राप्त भएको छ। गत राति सुवनखाटास्थित निज निवास भवनमा ६० वर्ष उमेरमा राईको निधन भएको हो। उनी लामो समयदेखि सिकिस्त बिमारी थिए। शिव कुमार राई असम गोर्खा सम्मेलन, अविभक्त नलबाड़ी जिल्ला समितिका पूर्व मूल सचिव र अखिल असम गोर्खा छात्र संघ बाक्सा जिल्ला समितिको १६ औं द्वि-वार्षिक अधिवेशनको स्वागतकारिणी समितिका सभापति थिए। उनी विभिन्न सामाजिक संस्था-संगठनसँग पनि संलग्न थिए।

                  वरिष्ठ समाजसेवी, संगठक तथा जाति हितैषी शिव कुमार राईको मृत्युको खबरले समग्र बाक्सा जिल्लामा शोकको लहर छाएको छ। उनको वियोगमा अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिले पनि गहिरो शोक प्रकट गरेको छ।

Post a Comment

Previous Post Next Post