१३ मई,२०२१,
शोणितपुरबाट राजेन्द्र दाहाल: कोरोना महामारीको पुन: बड्दो कहरले समग्र भारतमा भयावह रुप लिएको छ। असममा पनि दिनहुँ कोरोनाको प्रकोप बढिरहेको खबर प्रशासन र स्वास्थ्य विभागबाट जान्नमा आएको छ। असमको शोणितपुर जिल्ला अन्तर्गत बरसोला भेकको सिराजुली, बरसोला र भङ्गा मन्दिर अञ्चलमा पनि दिनप्रतिदिन कोभिड-१९ को बड्दो संक्रमणको कारण जिल्ला प्रशासनले उक्त क्षेत्र
Containment Zone घोषणा गरेको छ। शोणितपुर जिल्ला प्रशासनले सिराजुली, बरसोला र भङ्गा मन्दिर अञ्चलका सबै व्यवसाय प्रतिष्ठानहरु बन्द गर्नुको साथै दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक हाट बजारहरु पनि आगामी ३१ मेईसम्म बन्द गर्न निर्देश जारी गरेको छ। यता बरसोला प्राथमिक स्वास्थ्य केन्द्रमा परिक्षण गरेका व्यक्तहरूमा सतकढा ३०% मानिसहरु कोरोनाको सकारात्मक सम्प्रेषणमा आएको तथ्य प्राप्त भएको छ।
Post a Comment