Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कोभिड-१९ विरुद्ध दार्जिलिङ पहाडका गैर सरकारी संगठनहरुको संयुक्त अभियान

दार्जिलिङ, १३ मई,२०२१: दार्जिलिङ पहाडका केही गैर सरकारी संगठनहरुले संयुक्त रूपमा कोभिड-१९ विरुद्धको लडन्तमा We Build Each Other र Bring Back the Smiles नाराको साथ एउटा अभियानको थालनी गरेको छ। एनकम्पासका संस्थापक साथै हेडेन हल दार्जीलिङका सदस्य आदर्श राईको भनाईमा वैश्विक महामारीको यो अफ्ट्यारो समयमा hastags #Webuildeachother #Bringbackthesmiles अभियानले सुचना सम्प्रेषणमा एउटा अहम भुमिका निर्वाह गर्नेछ।
               कोभिड-१९ महामारीको यो समयमा मानिसहरुमा भएको भयलाई हटाउँदै उनीहरुको सोँचमा सकारात्मक्ता ल्याउन र एउटा नयाँ आशा दिन यो अभियानको मुल उदेश्य रहेको जानकारी हार्ट वक्र्स संस्थाका सुसन सुब्बाले दिएकी छिन्।समाजिक सञ्जाल, स्थानीय टेलीच्यानल, र सामुदायिक रेडियोको माध्यमबाट यो  अभियान प्रत्येक घर परिवारसम्म पुग्ने जानकारी हेडेन हलको सदस्य बिनिताले दिएकी छिन्। यस अभियानको रेडियो पार्टनर दार्जीलिङ पहाड कै एक मात्र सामुदायिक रेडियो-रेडियो सलेसीयन ९०.८ मेगा हर्ट्ज रहेको छ । रेडियो सलेसियनबाट "Bring Back The Smiles" कार्यक्रम २२ मई शनिवारदेखि प्रत्येक शनिवार अपरान्ह २ देखि ३ बजेसम्म र पुन: प्रशारण बुधवार ६ देखि ७ बजेसम्म धारावाहिक रूपमा प्रशारण गरिने छ। यो रेडियो कार्यक्रममा निम्न बिषयहरुमा चर्चा गरिने छ- शिक्षा, संगीत र कला, समाजिक सञ्जाल, शारीरिक र मनसिक स्वास्थ्य, कानूनी अधिकार, सुरक्षा मापदण्डद्वारा कोभिड विरुद्ध लडाई र टीकाकरण।
                यो अभियानलाई निम्न संस्थाहरुले साथ दिरहेका छन्-  हेडेन हल दार्जीलिङ, गान्धी आश्रम स्कुल कालेबुङ, डि.एल.आर प्रेरणा दार्जीलिङ, एनकम्पास कालेबुङ, आर्ट माइल कालेबुङ, हार्ट वर्क्स, सुमित्रा योगाशाला, भेके वर्कर्स, हिमालयन इन्स्टिच्युट अफ गुडविल एण्ड लिभिङ एथिक्स कालेबुङ र दार्जीलिङ गुड्विल सेन्टर।

Post a Comment

Previous Post Next Post