Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
छविलाल उपाध्यायको जन्मजयन्तीमा आज तेजपुरमा श्रद्धाञ्जली कार्यक्रम र आग्सुद्वारा असमभर वृक्षारोपण अभियानको तयारी
तेजपुर, १२ मे २०२५
भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी योद्धा तथा गोर्खा गौरव बाबु छविलाल उपाध्यायको १४३औं जन्मजयन्तीको अवसरमा आज तेजपुरमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना हुँदैछ।
कार्यक्रम शोणितपुर जिल्ला असम गोर्खा सम्मेलन (AGS) द्वारा आयोजना गरिएको हो।
तेजपुरस्थित आनन्द चन्द्र आगरवाला उद्यानमा बाबु उपाध्यायको सालिकमा माल्यार्पण तथा पुष्पाञ्जलि अर्पण गरिने कार्यक्रम बिहान १०:३० बजे सुरु हुनेछ।
यस कार्यक्रममार्फत बाबु उपाध्यायको योगदानलाई सम्मानपूर्वक सम्झना गरिनेछ।
कार्यक्रमको संयोजनमा रहेका अगोस मुलसचिव जगदीश खनालले सबै शुभचिन्तकहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेका छन्।
बाबु छविलाल उपाध्याय सन् १८८२ मा असमको दरङ जिल्ला हाल विश्वनाथ जिल्लामा जन्मनुभएको थियो। उहाँले भारतीय स्वतन्त्रता सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
उहाँ सन् १९२१ मा असम प्रदेश काँग्रेस कमिटी गठन हुने पहिलो सभाका अध्यक्ष बन्नुका साथै असहयोग आन्दोलनमा सक्रिय रहनुभएको थियो। उहाँलाई असमका प्रमुख गोर्खा स्वतन्त्रता सेनानीको रूपमा स्मरण गरिन्छ।
यसै अवसरमा आज अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिले पनि राज्यभर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
AAGSU का पदाधिकारीहरूका अनुसार, आजको विशेष दिनमा वातावरण संरक्षणको सन्देश दिन विभिन्न जिल्लाहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमप्रति उत्साहजनक सहभागिता अपेक्षित गरिएको छ भने गोर्खा समाजका विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
Nelive24को तर्फबाट पनि महान स्वाधीनता सेनानी बाबु छविलाल उपाध्यायज्यु प्रति भावपुर्ण श्रद्धांजली ।
Post a Comment