कार्बी आङ्लोङ छैटौं अनुसूची क्षेत्रमा गोर्खा लाई विशेष सुरक्षित श्रेणी समुदाय मर्यादा दिलाउन भागोपको संकल्प.
कार्बी आङ्लोङ क्षेत्रीय समिति भारतीय गोर्खा परिसंघ को तेस्रो त्रेवार्षिक अधिवेशन डीफूमा सम्पन्न। 2025-2027 अवधिको लागि विष्णु अर्जेल (दिफु), पुष्पजङ क्षेत्री (सिलोनीजान), शंकर राई (हवाईपुर), भूमिराज रिमाल (तुम्प्रेङ) क्रमशः अध्यक्ष, कार्याध्यक्ष, बरिष्ठ उपाध्यक्ष र मुलसचिवमा निर्वाचित भएका छन् । यसै अधिवेसनमा निम्नलिखित प्रस्ताव पारित गरी कार्बी आङ्लोङ स्वायत साशित परिषदको मुख्य कार्यकारी सदस्य (KAAC CEM) लाई खुल्ला सत्र मार्फत ज्ञापन बुझाएको छ।
भारतीय गोर्खा परिसंघको तेस्रो त्रैवार्षिक महाधिवेशन, कार्बी आङ्लोङ क्षेत्रीय समितिको प्रतिनिधि सभाले माननीय सीईएम, ड°तुलीराम रोङ्हाङको गतिशील नेतृत्वमा रहेको कार्बी आङ्लोङ स्वायत्त परिषद्लाई सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछ। सदनले संविधानको धारा ३५ को कार्यान्वयनको लामो समयदेखि रोकिएको मागलाई पनि समर्थन गरेको छ । 244 (A) कार्बी आङ्लोङ, पश्चिम कार्बी आङ्लोङ र दिमाहासाओ क्षेत्रहरू समावेश गरी सरकारलाई अनुरोध गर्दछ। यसको कार्यान्वयनका लागि भारत सरकारले पहल गर्ने साथै कार्बी आङ्लोङका गोर्खाहरूले सन् १९८६ देखि निरन्तर सहयोग गर्दै आएका छन् । साथै PGR/VGR क्षेत्रमा बसोबास गर्ने स्थायी गोर्खा बसोबासलाई भूमि अधिकार प्रदान गरने प्रस्ताव राखिन्छ। गोर्खा लाई विशेष संरक्षित जातिको रूपमा स्वीकृति प्रधान मांग पुनः दोहोरियाइन्छ। KAAC बाट असम सरकारलाई सिफारिस असमले सामाजिक-राजनीतिक र संवैधानिक सुरक्षा सुनिश्चित गर्न गोर्खा समुदायलाई KAAC अन्तर्गत विशेष संरक्षित वर्ग समुदायको रूपमा घोषणा गर्ने र भारतीय संविधानको प्रस्तावित 125 औं संवैधानिक संशोधन विधेयकमा पनि गोर्खा उपरोक्त तोकिएको बुँदा सर्वसम्मति होस।
भारतीय गोर्खा परिसंघको कार्बी आङलङ क्षेत्रीय समितिको तेस्रो त्रैवार्षिक महाधिवेशन शुक्रबार डिफु स्थित सार्सिङ तेरन लाङकुङ हाबे बहुउद्देश्यीय इन्डोर रंगशालामा सम्पन्न भएको छ । सम्मेलनको शुरुवात भागोप क्षेत्रीय अध्यक्ष रणबहादुर रोकाले झण्डा फहराएर गरेका थिए भने कार्यकारी अध्यक्ष विष्णु अर्जेलज्यूले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिनिधि सभाको उद्घाटन राष्ट्रिय अध्यक्ष नित्यानन्द उपाध्याय्ज्यूले गरेका थिए भने पर्यवेक्षकको रूपमा भागोप राष्ट्रिय उपाध्यक्ष यामप्रसाद घिमिरे, उत्तर पूर्व क्षेत्र भागोप अध्यक्ष डा. दिलीप क्षेत्री र बलराम थापा तथा अतिथिको रूपमा राष्ट्रिय महासचिव अभय खालिङ, राष्ट्रिय कोषाध्यक्ष बिर्जु लिम्बु, राष्ट्रिय साङगठनिक मूलसचिव विमल प्रधान उपस्थित थिए भने असम भागोप अध्यक्ष अमर अधिकारी र वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा विशेष अतिथिको रूपमा उपस्थित थिए।
उपरोक्त पर्यवेक्षकहरूको उपस्थितिमा भागोप का.आ. क्षेत्रीय समितिका मूलसचिव जीवन लामाले अधिवेशन २०२१-२०२४ को सांगठनिक प्रतिवेदन प्रस्तुत गरे जसमा सात समष्टि समितिका प्रतिनिधिहरूले केही घण्टा छलफल गरी सर्वसम्मतिले पारित गरे।
अध्यक्ष रणबहादुर रोकाले समिति विघटन गरी नयाँ समिति गठनका लागि खुल्ला प्रस्ताव राख्नु हुन्छ। प्रस्ताव र समर्थनमा मतदान नगरी नयाँ समिति गठन गर्नु सघाउनु हुन्छ, मुख्य चुनाव आयुक्त खेमानन्द घिमिरे र चुनाव आयुक्तद्वय विष्णु छेत्री र कमल छेत्रीज्यूले।
२०२५–२०२७ को कार्यकालका लागि विष्णु अर्जेल (दिफु), पुष्पजङ क्षेत्री (सिलोनीजन), शंकर राई (हवाईपुर) भूमिराज रिमाल (तुम्प्रेङ) क्रमशः अध्यक्ष, कार्यकारी अधक्ष्य, वरिष्ठ उपाध्यक्ष र मुलसचिवमा निर्वाचित भएका छन् । महिला परिसंघको नेतृत्वमा महिला उपाध्यक्षमा श्रीमती रेणु पाण्डे र सचिव श्रीमती सविता घिमिरे सर्वसम्मतिबाट निर्वाचित भएकी छन् । नवनिर्वाचित समितिलाई शनिबार दिफुको टाउनहलमा भएको २४औँ राष्ट्रिय परिषद्को बैठकमा राष्ट्रिय अध्यक्ष श्री नित्यानन्द उपाध्यायले पद तथा गोपनियताको सपथ गराएका हुन् । भागोप कार्बी आङलङ क्षेत्रीय समितिले कासा स्टेडियम र टाउन हलमा १६ राज्यका प्रतिनिधि र ६ क्षेत्रीय समितिका राष्ट्रिय परिषद् सदस्यहरूको साथमा ३ दिने २४औँ राष्ट्रिय कार्यकारिणी तथा परिषद् बैठक २०२५ आयोजना गरेको हो।
Post a Comment