Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आग्सु केन्द्रीय सभापति प्रति खुल्ला पत्र |


       आग्सु केन्द्रीय सभापति प्रति खुल्ला पत्र |

महोदय, शदिया मा आग्सु लाई दुईटा भाग मा विभक्त गर्ने,  पुरानो आग्सु को कार्यकर्ता लाई आग्सु को कुनै पदवी मा नराख्नै, हामी जस्ता आग्सु लाई निरपेक्ष समय दिने कार्यकर्ता लाई आग्सु बाट बहिष्कार गरेर विधानसभा चुनाव मा विजेपी को निर्वाचन प्रचार गर्ने नेता हरु लाई आग्सु को सभापति-सम्पादक बनाऊने हामी हैन, तपाई हरु हो। 
                      हामीले नया संस्था-संगठन बनाएर जाती लाई विभ्रांत मा परिचालना गर्न खोजेको हैन, के देख्नु भयो हजुर ले? गणतांत्रिक देश मा एऊटा संगठन जन्म दिनु कुनै पनी जाती विरोधी कार्य हो र? जातीय स्वार्थ तथा जातीय हित को लागी कुनै संगठन ले आग्सु लाई सगाऊंछ भने त्यो कसरी बेकार हो? आग्सु रहुन्जेल अरू संगठन खोल्नु हुदैन भनेर आग्सु को संविधान को कुन दफा मा लेखिएको छः?
               जातीय दलाल भनेर कसैलाई आरोप लगाऊने अघी सय पटक सोच्नू होला। विधानसभा चुनाव को समय मा आग्सु कै ठुलो नेताले अमुका लाई भोट दिनु भनेर भनेको कहां सम्म सही छः? हामीले जाती को दलाली गरेको का देख्नु भयो हजुर ले? जातीय दलाल शब्द को कुरा भन्नु हो भने आग्सु जस्तो पवित्र संगठन लाई समय समय मा सामाजिक संचार मा विभिन्न लांछना लाग्छन। कहिले कुनै संगठन को कार्यकर्ता लाई सिंडिकेट भन्छन, कसैलाई विजेपी संग फिटिंग भन्छन। तेसो हो भने एस्तो कुरा हेरु हामी सांचो मान्नु त? कस्तो आधार मा हामीलाई जातीय दलाल भन्नु भयो? कस्ता लाई जातीय दलाल भन्न सकिन्छ हामीलाई पनि थाहा लागोस। हामी तपाईको स्पष्टीकरण चाहांछौ। 
                   आग्सु शदिया महाविद्यालय एकाई को नवागत छात्र-छात्रा को स्वागत कार्यक्रम विफलता को छलफल आज सम्म हजुर हरुले दिन सक्नु भ‌एन, हामी संतुष्ट छैनौ।। हाम्रो भाई हरुले कुटाई खान्छन अनी हाम्रो जाती को ठुलो संगठन मौन बस्छ भने हामी कसरी सन्तुष्ट हुने? शदिया मा आग्सु कै तेस्तो भव्य समारोह तहस नहस पारेको बेला तपाई काहा हुनुहुन्थियो? केन्द्रीय सभापति को नाता ले साम्प्रदायिक वातावरण सहीं गर्नु तपाईको कर्तव्य हैन?

                        हामी आग्सु को पुरानो कार्यकर्ता हो, संगठन लाई सम्मान गर्न हामीलाई पनी आऊंछः।। 
हामी जातीय दलाल हैनौ।।
अन्यथा नलिनु होला।।
जय गोर्खा।। जय गोर्खा। जय गोर्खा। 
जयतु जननी असम।।

Post a Comment

Previous Post Next Post