चन्दन दाजु
निक्कै वर्षको भेटघाट होइन
दाजुसँगको परिचय भनेको
मेरो लागि पत्रकारिताबाटै हौ
चिन-जान भएको कम्ती समयमै
हामीमा दाजु बहिनीको सम्बन्ध जोडिएको ।
कुरा भएको थियो आउने तिहारमा मेरो घरमा भाईटिका लगाउने ।
दाजुको पसल चन्दु की चायेमा चियाको चुस्की लगाउने,
मनपनि थियो
निम्तो पनि चन्दन दाजुलै दिनुभएको थियो ।
तर नयाँ वर्षको सुरूवातमै कसैको हासोँ लुटिएकोछ
केही सपना थान-वान भएका छन्
एक्कासी आएको हुरी झै
हाम्रो साथबाट मेरो दाजु हराएकोछ।
एकजना बैनीले दाजु गुमाएको वेदना छ मलाई ।
कहाँ जानु भयो दाजु? बारम्बार पश्न उठ्छ!
उत्तर आउँछ यसरी -
यस् संसारलाई छोडेर
सबैलाई रूवाएर
वृद्ध आमा-बुबाको मुटु रित्तो पारेर
आज चन्दन दाजु हराएका छन्।
तर मलाई पत्याउन गाह्रो परेकोछ।
फर्की आउनु ल ,
दाजु हामी बीचमा फेरी पनि
हामी तपाईँको अपेक्षामा हुन्छौ!
त्यो गहिरो गहकिलो मधुर स्वरमा!
अब RJ चन्दनमा आवाज सुनिने छैन?
अब समाचार प्रसारणमा त्यो बोली पाइँदैन ??
सधैँ हँसिलो मुहारलिएर हिँड्ने मान्छे
सबैलाई आफ्नो कुरामा भुल्याउने मान्छे
आज खोजेर न, चाहेर पाउने!
कुन ठाउँमा जानु भयो दाजु?
मलाई भन्नु हुन्थ्यो
बैनी तिमी प्रयास गर,
लेख कविता,
आफ्नो मनका भावना प्रकट गर, वाचन गर्, भनेर आँट दिने दाजु
आज खै कता हुनुहुन्छ तपाई?
अब कविता लेख्न मलाई
कसले आँट दिएला?
कर्म भनेको सानो-ठूलो हुँदैन बैनी
कर्म गरेर खानु पर्छ भन्दै बुझाइ-सम्झाई गर्ने!
अब कसले प्रेरणा दिन्छ मलाई ??
कहाँ जानु भयो चन्दन दाजु?
फर्कि आउनु न! एकचोटी।
--- निशा दाहाल,निकासी
बास्का ,असम
Post a Comment