Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल असम गोर्खा छात्र संघद्वारा TET परीक्षाका लागि विशेष तालिम कार्यक्रमको घोषणा


अखिल असम गोर्खा छात्र संघद्वारा TET परीक्षाका लागि विशेष तालिम कार्यक्रमको घोषणा

Nelive24: गुवाहाटी – असमेली गोर्खाहरूको शैक्षिक स्तरलाई अगाडि बढाउने लक्ष्यसहित अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले एक महत्त्वपूर्ण निर्णय लिएको छ। संघले आगामी GT र PGT TET Cum Recruitment, Assam परीक्षा २०२४ का लागि परीक्षार्थीहरूको तयारीलाई थप सशक्त बनाउन विशेष तालिम कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो।

केन्द्रीय सभापति सुनील छेत्रीको नेतृत्वमा सम्पन्न एक अनलाइन बैठकमा यो कार्यक्रमको निर्णय गरिएको हो। यस विशेष कार्यक्रममा शिक्षा सचिव टिंकु पौडेल, सह शिक्षा सचिवद्वय भोजराज शर्मा र त्रिशांकर शर्मासहित विभिन्न जिल्लाका शिक्षा सचिवहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

बैठकमा गुवाहाटीस्थित Majestic Academy (A Unit of SPM IAS Academy) सँग सहकार्य गर्दै TET परीक्षाको तयारी गराउन सहमति गरिएको छ। यो तालिम कार्यक्रम विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक ज्ञान र स्रोत उपलब्ध गराउन केन्द्रित हुनेछ।

तालिम आगामी २१ नोभेम्बर २०२४ बाट सुरु हुनेछ। यसका लागि परीक्षार्थीहरूले अनलाइन पञ्जीकरण गर्नुपर्नेछ। पञ्जीकरण प्रक्रिया सुरु भइसकेको छ र अन्तिम मिति २० नोभेम्बर २०२४ तोकिएको छ। पञ्जीकरण शुल्क असमेली गोर्खा परीक्षार्थीहरूको लागि विशेष छुटसहित मात्र ₹५०० राखिएको छ।

सभापति सुनील छेत्रीले यो कार्यक्रमबारे बोल्दै भने, “यो तालिम कार्यक्रम हाम्रो विद्यार्थीहरूको भविष्यलाई अझ उज्ज्वल बनाउने एउटा प्रयास हो। परीक्षार्थीहरूको उत्साहजनक सहभागिता नै यस कार्यक्रमको सफलता हो। हामी सबैलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दछौं।”

यस्तै, शिक्षा सचिव टिंकु पौडेलले भने, “यो तालिमले विद्यार्थीहरूको परीक्षामा सफलता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। हाम्रो उद्देश्य विद्यार्थीहरूको क्षमतालाई अझ मजबुत बनाउनु हो।”

यो कार्यक्रमले असमेली गोर्खा परीक्षार्थीहरूको सपनालाई साकार पार्न ठूलो टेवा पुर्‍याउने विश्वास गरिएको छ। छात्र संघको यो कदमले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नेछ।

पञ्जीकरणका लागि निम्न लिंक उपलब्ध छ:

शिक्षा र प्रगतिको यस अभियानमा सहभागी भई आफ्नो भविष्य उज्ज्वल बनाउन सबैलाई हार्दिक निमन्त्रणा।


Post a Comment

Previous Post Next Post