Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

विमल प्रधानलाई अनेसास स्वर्ण जयन्तीको साहित्य प्रभात पुरस्कार




पश्चिम कारबि आङ्गलङ्ग जिल्लाका होजाई निवासी शिक्षक, वरिष्ठ संघठक तथा समकालीन साहित्यकार श्री विमल प्रधानज्युलाई  असम नेपाली साहित्य सभाको जनकलाल सुवेदी स्मृति साहित्य प्रभात पुरस्कार उनको कृति 'वीर बहादुरको गुनासो' को लागि घोषणा भएको छ। वहाँ भारतीय गोर्खा परिसंघको राष्ट्रिय साङ्गठनिक सचिव हुनुहुन्छ साथै व्यक्तिगत खण्डको महाविद्यालयमा अध्यक्षको रूपमामा कार्यरत हुनु हुन्छ । भा गो प असम प्रदेश समितिको तर्फ बाट मुल सचिव नन्द किराती देवानले समाचार साझा गर्दै हार्दिक वहाँ लगायत जम्मै विजेतालाई बधाई जनाए। 

वहाँलाई यो पुरस्कार आगामी अनेसास स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बर २०२४ अन्तिम दिनको आम सभामा गोलाघाट जिल्लाको शिवाजी राई समन्वय क्षेत्र सरुपथारमा असम र सिक्किमको माननीय मुख्यमंत्री हरुको गरिमामय उपस्थितिमा अन्य पुरस्कार बिजेताको साथमा प्रदान गरिने विषय अनेसास सचिव राम उपाध्यायले जनाएको छ।

Post a Comment

Previous Post Next Post