Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

करबी आङ्ग्लोङ आइडल ४ जित्दै अनूपमा खातीले रचिन् इतिहास, गोर्खा समुदायको गौरव l


Nelive24.in: माधवदेव विश्वविद्यालयको शिक्षा विभागकी पीजी पहिलो सेमेस्टरकी छात्रा अनूपमा खातीले "करबी आङ्ग्लोङ आइडल"को चौथो सत्र जितेर सबैको ध्यान आफूतर्फ तान्न सफल भएकी छिन्। करबी आङ्ग्लोङ स्वायत्त परिषद (KAAC) क्षेत्रको बोकाजन निवासी अनूपमाले सोमवारको दिन दिपुस्थित आङ्गटोंग म्यूजिकल सोसाइटीद्वारा आयोजित यस प्रतिष्ठित गायन रियालिटी शोमा उत्कृष्ट प्रदर्शन गर्दै बिजयी भइन्।

अनूपमा खाती केवल गायिका मात्र नभएर असम गोर्खा कलाकार सङ्घकी एक सक्रिय सदस्य पनि हुन्। उनले विभिन्न राज्यस्तरीय मञ्चहरूमा आफ्नो कला प्रदर्शन गर्दै, सबैलाई प्रभावित पारेकी छिन्। विशेषगरी, उनले २०२३ मा गुवाहाटीमा आयोजित "उत्तरपूर्वी गोर्खा महोत्सव"मा उत्कृष्ट गायन प्रदर्शन गरेकी थिइन्, जहाँ उनलाई विशेष सम्मान प्रदान गरिएको थियो।

अनूपमाको यो सफलता गोर्खा समुदायका लागि गौरवको विषय बनेको छ। उनको प्रतिभाले न केवल उनलाई, तर सम्पूर्ण करबी आङ्ग्लोङ क्षेत्रका युवाहरूलाई प्रेरित गरेको छ। संगीत क्षेत्रमा आफ्नो अद्वितीय प्रतिभाको प्रदर्शन गर्दै उनले यस क्षेत्रमा नयाँ इतिहास रचिन्, जसले भविष्यका कलाकारहरूलाई पनि एक मार्गनिर्देश प्रदान गरेको छ।

Post a Comment

Previous Post Next Post