Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किमकी सुपर मोडल पुलिस एक्शा हाङमा सुब्बाले 'डिस्कभरी रियालिटी जंगल रानी' को उपाधि जितिन्



Nelive24:: सिक्किमकि २५ वर्षीया पुलिस अफिसर एक्शा हाङमा सुब्बाले "रियालिटी रानीस अफ द जंगल" को रोमाञ्चक फिनालेमा जीत हासिल गर्दै आफ्नो साहस र अद्वितीय क्षमताको परिचय दिएकी छन्। डिस्कभरी च्यानलमा देखाइएको यो शोमा आफ्नो साहसी र बलियो प्रदर्शनमार्फत, एक्शाले सम्पूर्ण देशको ध्यान तान्न सफल भइन्।

साधारण पुलिस अफिसर मात्र नभएर, एक्शा सुपरमोडल पनि हुन्। उनले सन् २०२१ मा एमटीभी "सुपरमोडल अफ द इयर" को उपाधि जितेकी थिइन्। साथै उनी राज्यस्तरकी बक्सर, फिटनेस प्रेमी, र बाइकर पनि हुन्। वरुण सूदले होस्ट गरेको यो शो, २०२४ सेप्टेम्बर २३ मा डिस्कभरी च्यानल र डिस्कभरी+ मा प्रिमियर भएको थियो, जहाँ १२ जना साहसी प्रतियोगीहरूले चुनौतीपूर्ण परिक्षणहरू पार गर्दै, अन्ततः एक्शा विजेता बनिन्।

सिक्किमको सानो गाउँ सोमबरेकी एक्शाको यो ऐतिहासिक जितले सिक्किम र सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ।

Post a Comment

Previous Post Next Post