गुवाहाटी, २२ सितम्बर: गुवाहाटी शहरको एक अग्रणी शिक्षा संस्थान पाण्डु महाविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूको संस्था गोर्खा युवा साहित्यिक समाज, पाण्डु महाविद्यालय (GORKHA YOUTH LITERARY SOCIETY, PANDU COLLEGE— GYLS, PC ) को आज प्रतिनिधि सभा सम्पन्न हुन्छ भने उक्त प्रतिनिधि सभामा पुरानो समिति विघटन गरी आगामी कार्यकालको लागि एक दर्बिलो नयाँ समिति गठन गरिन्छ।
पाण्डु महाविद्यालयको छात्र विश्राम कक्षामा सम्पन्न भएको सभामा गोर्खा युवा साहित्यिक समाज, पाण्डु महाविद्यालयको सभानेत्री पदमा भावना दंगाल र मूल सचिव पदमा शान मगरलाई चयन गरी कूल १० जनाको एक दर्बिलो नयाँ समिति गठन गरिन्छ।
उक्त सभामा गोर्खा युवा साहित्यिक समाज, पाण्डु महाविद्यालयका संस्थापक मूल सचिव तथा पूर्व विद्यार्थी विप्लव चिमरीया, पूर्व विद्यार्थी नविन बजगाईं, पूर्व विद्यार्थी रोशन ढकाल उपस्थित रहेका थिए भने सभामा पाण्डु महाविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
Post a Comment