गुवाहाटी,०१ मार्च: असमका वरिष्ठ साहित्यकार, साहित्य एकेडेमी पुरष्कारले सम्मानित 'पद्मश्री' लील बहादुर छेत्रीको आज ९०औं जन्म दिवस।
लील बहादुर छेत्रीको जन्म दिवसको अवसरमा असम गोर्खा सम्मेलन केन्दीय समितिको एउटा टोली उहाँको निवासमा पुगेर स्वस्थ सम्बन्धी जानकारी लिँदै दिए जन्मदिनको शुभकामना।
उक्त टोलीमा असम गोर्खा सम्मेलन, केन्द्रीय समितिका सभापति कृष्ण भुजेल, मूल सचिव राजु ढकाल लगायत अगोसका कार्यकर्ताहरु सामेल रहेको थाहा लागेको छ।
यता, असमेली गोर्खाहरुको गौरव वरिष्ठ साहित्यकार तथा प्राध्यापक पद्मश्री लील बहादुर क्षेत्रीको जन्मदिनलाई 'साहित्य दिवस'को रूपमा मनाउने निर्णय लिइएको बताए असम गोर्खा सम्मेलनका केन्द्रीय सभापति कृष्ण भुजेलले।
Post a Comment