Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गौहाटी विश्वविद्यालयमा बृहत्तर गुवाहाटी गोर्खाली छात्र परिवारको स्वर्ण जयन्ती समारोह हुने

गुवाहाटी,२७ फरवरी: असम तथा पूर्वोत्तर भारतको बौद्धिक विकाशको केन्द्र गुवाहाटी विश्वविद्यालयका गोर्खा विद्यार्थीहरुको संस्था बृहत्तर गुवाहाटी गोर्खाली छात्र परिवारको स्वर्ण जयन्ती समारोह हुने भएको छ।

जानकारी अनुसार, आइतबार गुवाहाटी शहरको पल्टन बजारस्थित नेपाली मन्दिरमा बृहत्तर गुवाहाटी गोर्खाली छात्र परिवारको एक महत्वपुर्ण सभा सम्पन्न हुन्छ। उक्त सभामा आगामी ०२ र ०३ सितम्बरमा दुई दिवसीय भव्य कार्यक्रमका साथ बृहत्तर गुवाहाटी गोर्खाली छात्र परिवारको 'स्वर्ण जयन्ती समारोह' आयोजना गर्ने निर्णय लिइएको छ भने त्यस भन्दा पहिले गुवाहाटी विश्वविद्यालय पूर्व गोर्खा विद्यार्थी संस्था (Gauhati University Gorkha Allumi Association) अनि स्वर्ण जयन्ती समारोहको स्वागतकारिणी समिति (Reception Committee– RC) गठनार्थ कूल ७ जना ( पूर्व र वर्तमान ) विद्यार्थी सदस्यलाई लिएर एउटा संयोजक समिति गठन गरिएको छ। उक्त संयोजक समितिले गुवाहाटीमा आउँदो २६ मार्चको दिन सभा डाक्ने निर्णय पनि लिएको 

           (बृहत्तर गुवाहाटी गोर्खा छात्र परिवारको सभा)

सभामा गुवाहाटी विश्वविद्यालयका पूर्व विद्यार्थी डा० दिपक बजगाईंले भने– "असमको बौद्धिक विकाशको केन्द्र गौहाटी विश्वविद्यालयमा गोर्खा संस्था एउटा जन्मिएर ५० वर्ष अतिक्रम गर्नुनै असमेली गोर्खाको लागि गौरवको कुरा हो। यस संस्थाको स्वर्ण जयन्ती गोर्खा जाति र बौद्धिक जमातको लागि ऐतिहासिक ठहरिने छ।"

उक्त सभामा गुवाहाटी विश्वविद्यालयका पूर्व विद्यार्थी किशोर उपाध्याय, पूर्व विद्यार्थी डा० अमृत कुमार उपाध्याय, पूर्व विद्यार्थी डा० नवराज लम्साल, पूर्व विद्यार्थी डा० दिपक बजगाईं लगायत गुवाहाटी विश्वविद्यालयका धेरै पूर्व र वर्तमान विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

यता, सभामा बृहत्तर गुवाहाटी गोर्खाली छात्र परिवारका वर्तमान सभापति प्रकाश कट्टेल र मूल सचिव सागर चम्लागाईंले स्वर्ण जयन्तीलाई सफल तुल्याउन गुवाहाटी विश्वविद्यालयमा जम्मै पूर्व र वर्तमान अध्ययनरत विद्यार्थीहरुलाई साथ सहयोग पुर्‍याउन आह्वान गरेका छन्।

उल्लेखनीय छ, अंग्रेजी १९७३ सनमा स्थापना गरिएको बृहत्तर गौहाटी गोर्खाली छात्र परिवारले स्थापनाको गौरवमय ५० वर्ष पूर्ण गर्न गइरहेको छ भने गुवाहाटी विश्वविद्यालयका गोर्खा विद्यार्थीहरुको संस्था बृहत्तर गुवाहाटी गोर्खाली छात्र परिवारको स्वर्ण जयन्ती गरिनु गुवाहाटी विश्वविद्यलयमा रहेका विद्यार्थी केन्द्रिक जातीय संस्थाहरुको पहिलो स्वर्ण जयन्ती उद्यापन गरिएको ठहरिने छ।

गुवाहाटी विश्वविद्यालयका पूर्व र वर्तमान विद्यार्थीहरुको साझा संस्था मान्न सकिने यस संस्थाले पछिल्लो समय गुवाहाटी शहरस्थित विभिन्न महाविद्यालयहरुका गोर्खा विद्यार्थीहरुलाई पनि सामेल गरी कार्यक्रमहरु गर्दै आएको छ। उक्त संस्थाले स्थापना कालदेखिनै गुवाहाटी विश्वविद्यालयका समस्त पूर्व र वर्तमान विद्यार्थीहरुलाई एउटै मञ्चमा समेट्ने लक्ष्य बोकी आएको छ।

Post a Comment

Previous Post Next Post