Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज वसन्त पञ्चमी / श्री पञ्चमी / सरस्वती पूजा

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

आज वसन्त पञ्चमी या श्री पञ्चमी। आज विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त पञ्चमी या श्री पञ्चमी अथवा सरस्वती पूजा मनाइन्छ। सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो।

आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता रहेको यस दिनमा विशेषगरी सबै विद्यालयहरूमा सरस्वतीको विशेष पूजा-आजाका साथ रमाइलो चहलपहल हुन्छ। विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो। रङ्गिन पोसाकमा विद्यार्थीहरूको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ भने आज विद्यालयहरू पनि सजिसजाऊ रहन्छ। आज भारतभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो रूपमा सरस्वतीको पूजा आयोजन गरिन्छ। सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ। हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ।

अर्कोतर्फ, आजको दिन सर्जकहरूको दिन हो। आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त: कालसम्म रहिरहोस्।

लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस्। सङ्गीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरूले साथ दिउन्। मुख्य कुरा शृङ्गार रसले जीवन भरिपूर्ण होस् ।

सबैमा सरस्वतीको पूजा अथवा वसन्त पञ्चमी अथवा श्री पञ्चमीको मंगलमय शुभकामना।

साभार: हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post