Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार

गोर्खाहरुले बडा दशैं लगत्तै मनाउने अर्को ठुलो र महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चकको आज पहिलो दिन। यही तिहारको पहिलो दिन 'काग तिहार' को रूपमा मनाइन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन अति धुमधाम र हर्षोल्लासका साथ मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ।

काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ। काग तिहारको दिन बिहानैदेखि कागको पूजा गरिन्छ। आ-आफ्नो घर बाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागि भनेर राखिन्छ र वर्षभरि कागले घर-आँगनमा सुखद र प्रगतिशील समचारहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ।

कागलाई विशेष गरि अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ। धर्मशास्त्रहरू अनुसार, नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ। तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ।

मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरू मार्फत दाजुलाई भेट्न आउन निम्तो पटाइन्, उनले यम समक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसंग छ। आफ्नो दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूल मालाले पूजा गरी रङ्गिन टिका निधारमा लगाएकी थिइन्, तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन्। त्यही क्रमलाई यमपञ्चकको पाँचौँ दिनमा भाइटिका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ।

सबैको घर-आँगनमा सदासर्वदा कागले हर्ष अनि उत्साहको समाचारहरू ल्याईरहोस। सबैमा मंगलमय शुभकामना!

साभार: हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post