गुवाहाटी,०९ सितम्बर: असमका गोर्खाहरुको एक जमातमाझ एउटा विशेष तस्विर चर्चाको विषय बनेको छ। हालै त्यस विशेष तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न प्रतिक्रियाको सृजना पनि नभएको होइन। तर एउटा तस्विरलाई लिएर किन प्रतिक्रियाको सृजना भइरहेको छ?
थाहा लागे अनुसार, हालै भारतको छिमेकी मुलुक नेपालका राजदूत डा. शंकर प्रसाद शर्मा असम आएका थिए। उनको असम भ्रमण अवधि असमका मुलधारका विभिन्न गोर्खा जातीय संघ-संस्थाका नेता र भाजपामा सामेल गोर्खा नेताहरुको एउटा टोलीले असमको कुनै एउटा पाँच तारे होटलमा पुगेर नेपालका राजदूतसँग भेटवार्ता गर्छन्। नेपालका राजदूतसँग भेटवार्ताको क्रममा कैद गरिएको एउटा तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को प्रतिक्रियाको सृजना भइरहेको छ।
असमका गोर्खा संघ-संस्थाहरुका नेता तथा भाजपामा सामेल गोर्खा नेताहरुले नेपालका राजदूतसँग भेटवार्ता गर्नुको उद्देश्य जेसुकै किन नहोस् तर रैथानेको कुरा गर्ने जातीय नेतृत्वको टोलीले गरेको भेटवार्ता जातीय हितमा नै गरिएको होकि भन्ने अनुमान लगाउन सकिन्छ। एकजना विदेशी राजदुतसँग भेट्ने कार्य हुनत कुनै ठुलो कुरा त होइन। तर असमको गोर्खा जातीय नेतृत्वको टोलीले नेपालका राजदूतसँग किन भेटवार्ता गरे? नेपाल-भारत सन्दर्भमा के के छलफल भयो? इत्यादि... त्यस बारे भने भेटवार्ता गर्ने कुनै एकजना गोर्खा नेताले चुँई पनि बोलेको सुनिएन्। त्यस कारण गोर्खा जनताको मनमा खुल्दुली जाग्नु, विभिन्न प्रश्न उब्जिनु अथवा प्रतिक्रियाको सृजना हुनु पनि स्वभाविक हो।
Post a Comment