Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अजमल फाउण्डेसनका डाइरेक्टर र सुपर ४० का अध्यक्ष अब्दुल कबिरसँग भेटवार्ता गर्‍यो आग्सुले

पश्चिम कार्बीआङलङ,०८ सितम्बर:  ४तारिख को दिन नव गठित आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिले कार्यभार ग्रहण गर्नुको‌ साथै जात र गोर्खा विद्यार्थीहरुको पक्षमा आफ्नो पहल चालन आरम्भ गरेको छ । आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिको एक टोली होजाई अवस्थित अजमल फाउन्डेसनका डाईरेक्टर र सुपर 40का अध्यक्ष अब्दुल कबिर संग भेट गर्दै।
उक्त टोलीमा आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति खगेन्द्र थापा, मूल सचिव अमित अधिकारी लगायत सह सचिव रोहित शर्मा , शिक्षा सचिव गोपाल भट्टराई , सांगठनिक सचिव दिलिप चार, सांस्कृतिक सचिव पिङ्कु पौडेल , जेङ्खा शाखा सभापति मिलन थापा  र बिथुङ आञ्चलिक समितिका प्राक्तन मूल सचिव मोहन थापाको उपस्थिति रहेको थियो।
शैक्षिक क्षेत्र लगायत बिभिन्न क्षेत्रमा बिद्यार्थी तथा जनमानसका उत्थानका लागि ठुलो भूमिका पालन गरिरहेको आजमल फाउन्डेसनका डाईरेक्टर ड. खसरूल इसलाम र सुपर 40का अध्यक्ष अब्दुल कबिर संगको उकथ भेट घाटलाई जिल्ला आग्सु सभापति खगेन थापा सकारात्मक बताउछन भने, धेरै लामो समयदेखि पश्चिम कार्बी आङलङका गोर्खा बिद्यार्थीहरूलाई शिक्षा क्षेत्र होस् अथवा जीवन वृत्ति होस् लगायत अन्यान्य बिभिन्न क्षेत्रमा आजमल फाउन्डेसनले उत्साह तथा सहायता प्रदान गरि रहेको छ भनि उल्लेख गर्दछन साथै  आर्थिक असमर्थ बिद्यार्थीहरूलाई बिनाशुल्क उच्चतर माध्यमिक पढाउने, उच्चतर माध्यमिक परिक्षामा राम्रो अंक पाउनेलाई अघिल्लो पर्यायसम्म सहायता प्रदान गर्ने जस्ता कामहरू आजमल फाउन्डेसनले गरेको देख्न पाइएको कुरा पनि थापा उल्लेख गर्दछ। 
उल्लेखनीय छ कि  आउने दिनहरुमा शिक्षा क्षेत्र, जीवन वृत्ति, ड्रग्स बिरोधी अभियान आदि जस्ता विभिन्न क्षेत्रमा मिलेर काम गर्ने आग्सुको प्रस्तावमा  ड. इसलामले पुर्ण उत्साहका साथ स्वागत गर्दछन र आग्सु टोली प्रति आभार व्यक्त गर्दै अभिनन्दन गर्दछन ।

Post a Comment

Previous Post Next Post