न्युज डेस्क, ०९ अगस्त: असममा गोर्खा उन्नयन परिषदको आर्थिक अनुदान विषयमा चर्चा चर्कि रहेको छ। निकासी अधिवेशनमा असमका मुख्यमंत्री हिमन्त विश्व शर्माको २५ करोड़को घोषणा पछि झन तछाड़ मछाड़को परिस्थिति पनि देखियो संघ संस्था बिच । अर्का तिर तुलनात्मक रूपमा लोकनाथ उपाध्याय र प्रेम तामङ्गको अध्यक्षतामा विकास मुखि कामको चर्चा पनि एकाकार चलि रहेको छ भने, गत ४ अगस्तको दिन राज्यसभा सांसद सान्ता छेत्रीको गोर्खा उन्नयन परिषद असमको आर्थिक अनुदान सम्बन्धित प्रश्नको जवाफमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री किशन रेड्डीले राज्यसभामा एक लिखित जवाफ दिदै भनेका छ।
आसाम सरकारले २०१०-११ देखि २०२१-२२ सम्म गोर्खा विकास परिषद् (जीडीसी) लाई २३.९५ करोड रुपया उपलब्ध गराएको छ। उक्त रकम पूर्वाधार योजना, लाभग्राही सम्बन्धी योजना, साँस्कृतिक कार्यक्रम/कार्यक्रम र खेलकुद गतिविधिमा खर्च भएको छ । वर्ष 2022-23 को लागि, GDC को लागि 1 करोड रूपैयाँ विनियोजन गरिएको छ।
सरकारी तथ्य अनुसार गत ११ वर्षमा असमका गोर्खाहरुको लागी सरकारले २३.९५करोड़ रुपया अनुदान दिएको छ जस्को वार्षिक हिसाब गर्ने हुदा अनुमानिक २.१७करोड़ एक वर्षमा अनुदान GDC लाई । अनि अब बाट अर्थात २०२२-२३वर्षमा उक्त धनराशि १करोड हुने छ । याहा प्रश्न आउछ भाजपा सरकारले गोर्खाहरुलाई स्वीकृति दिएर विकास गर्न १करोडको रकम अनुमोदित गरेको हो त गोर्खाहरुको लागी? किन भने विगतको दिनको तुलना गर्ने हुदा हाल सरकारको घोषणामा धनराशि घटेको देखिन्छ।
अर्कातिर सामाजिक संजालमा लोकनाथ उपाध्याय को नेतृत्वमा गोर्खाहरुको विकासका केहि कामहरु उल्लेख गरिदै प्रचार हुदैछ भने एकै प्रकार प्रेम तामाङ्गको समालोचना पनि चलि रहेको छ।
एकातिर सरकारको १करोड दिने घोषणा छ भने अर्कातिर गोर्खा उन्नयन परिषद असमका अध्यक्ष प्रेम तामाङ्गले २२-२३वर्षको लागी UPSC र APSC पढ़ने विद्यार्थी हरुको लागी १.५ करोड़ को घोषणा गरेको छन । अब प्रश्न आउछ ५०हजार कस्ले आफ्नो खल्तिबाट दिने? किनकि सरकारी घोषणा त १करोडको मात्र भनि राज्यसभामा मन्त्री महोदयले लिखित उत्तर दिएका छन ।
फेरी मुख्यमन्त्री को २५करोड घोषणा पनि हाल कार्यकारी नहुदै निक्कै संस्थाहरुले अंश मागन थालेको सर्वजनविदित छ ।अहिले पनि प्रश्न एउटै उठछ कि २५करोड कस्ले पाउछ किनकि असमका मुख्यमंत्री महोदयले असमका गोर्खाहरुको लागी २५करोडको घोषणा गर्नु भ्एको छ जस्मा GDC, आग्सु र अगोसको पनि नाम सामेल छ भने असमका अन्य गोर्खा संघ संस्थाहरुको तेस्मा के भुमीका हुन्छ तो पनि हेर्नु पर्ने कुरा हुन्छ।
हाम्रो सुत्रको अनुसार एक दुई संस्थालेत मुख्यमंत्रीलाई स्मारक सम्म चड़ाएर २५करोडमा आफ्नो भाग मागेको सुचना छ अब समयले बताउने छ अंश भागलागदा गोर्खा संगठनहरुको भागमा के पर्छ र गोर्खा जनताको भागमा के पर्छ आश्वासन कि भाषण ।
उल्लेखनीय छ केन्द्रीय मन्त्री को राज्यसभामा जवाफ दाखिल ,असमका मुख्यमंत्री ज्युको घोषणा र GDC को उच्च आकांक्षाको अर्थ जनताले के लगाउने छन तर रकम बड़े जनताको भलो हुन्छ ,पाउने भनेको गोर्खानै हुन भनेपछि गोर्खाजनता बाट नेतृत्व ले सुझाव लिनु पर्छ तर तेस अघि आर्थिक सहयोग सरकारबाट कति आउछ तो कुरा पनि स्पष्ट हुनु जरुरी छ ।
Post a Comment