Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आगामी ६ महिना भित्र असम गोर्खा सन्यासी समाजको असमव्यापी समिति गठन गर्ने

तेजपुर,१६ जुलाई: असम बसोवास गर्ने गोर्खा‌ महाजाति भित्र पर्ने सन्यासी समाजले आफूलाई संगठित गर्ने पहल शुरु गरिसकेको छ।

जानकारी अनुसार, गत् १० जुलाईको दिन शोणितपुर जिल्ला अन्तर्गत तेजपुर शहरस्थित एञ्जेल होटलको सभा कक्षमा असम गोर्खा सन्यासी समाजको साधारण सभा सम्पन्न हुन्छ। कृष्ण गिरिको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा उद्देश्य व्यख्या गर्छन् खेमराज महन्तले। उक्त सभामा असमको विभिन्न जिल्लाबाट प्रतिनिधिको रूपमा आएका सभासदहरुको परिचय पर्व एवम् सन्यासी समाजको इतिहास सन्दर्भमा पनि चर्चा हुन्छ।

उक्त सभामा सन्यासी समाजको एक दर्विलो‌ र पारदर्शी समिति गठन गर्ने उद्देश्यले तदर्थ समिति पनि गठन गरिएको छ। सभामा कृष्ण गिरीलाई सभापतिको दायित्व अर्पण गरिएको छ भने मूल सचिवको रूपमा अखिल असम गोर्खा छात्र संघ, शोणितपुर जिल्ला समितिका पूर्व सांगठनिक सचिव खेमराज गिरीलाई दायित्व दिइएको छ। यता, प्रत्येक जिल्लाबाट दुई जना गरी समन्वयक पनि राखिएको थाहा लागेको छ।

उक्त समितिले आगामी ६ महिना भित्र समग्र असममा छरिएर बसेका सन्यासीहरुलाई एकत्रित गरी एक पूर्णाङ्ग समिति गठन गर्ने प्रस्ताव पारित गर्दछ। करिब १४ वटा जिल्लाबाट प्रतिनिधिहरु उपस्थित रहेको उक्त सभाले केही सकारात्मक सन्देश दिएको छ भने असमको गोर्खा संघ-संस्थाहरुको सूचीमा फेरि एउटा नयाँ गोर्खा संस्थाको नाम समेल भएको छ।

Post a Comment

Previous Post Next Post