शोणितपुर,०१ जुलाई: आज आज़ाद हिन्द फौजका पहिलो गोर्खा शहिद मेजर दुर्गा मल्लको १०९औं जन्मजयन्ति, भारतको विभिन्न क्षेत्रहरु सरह आज भानुज्योति संघले पनि आयोजन गरो १०९औं जन्मजयन्तिको । राष्ट्रीय स्वयं सेवक संघका प्रचारक मिल्लन दत्तको उपस्थित तथा भानुज्योति संघ ढेकियाजुलीको उद्योगमा आयोजित हुन्छ उक्त जन्मजयन्ति कार्यक्रमको । लगभग एकशय भन्दा बड़ी मात्रामा एकदम छोटो समयमा आयोजित उक्त कार्यक्रममा ढेकियाजुलीको मात्र नभ्एर असमेली गोर्खाहरुको गौरव साहित्यकार ,साहित्य अकादमी पुरस्कार विजेता छविलाल उपाध्याय उपस्थित रहन्छन । कार्यक्रमको उद्योग भानुज्योति संघले लिएतापनि ढेकियाजुली का प्रायजसो जातिय संगठन उक्त कार्यक्रममा उपस्थित रहन्छन । कार्यक्रमको थालनीमा द्वीप प्रज्वलन र माल्यार्पण छविलाल उपाध्यायको बाहुलिबाट हुन्छ भने ,द्वीप प्रज्वलन मन्त्र अरुण खतिवड़ा र रिजु देवी लगायत उपस्थित सबै द्वारा हुन्छ। दुर्गामल्लको को विषय जीवनी र गोर्खाहरु लगायत भारतीय स्वाधीनतामा वाहाको भुमिका शीर्षक विषयमा अगोस ढेकियाजुली शाखा सभापति हिमसागर उपाध्याय र राष्ट्रीय स्वयं सेवक संघ प्रचारक मिलन दत्त द्वारा अभिभाषण राखिन्छ।
सभामा असम नेपाली साहित्य सभा,शोणितपुर जिल्ला समितिका कार्यकारी अध्यक्ष देवराज उपाध्याय, अनेसास ढेकियाजुली शाखाका सभापति देवी अधिकारी, सचिव रञ्जन दाहाल , गोर्खा नारी सांस्कृतिक गोष्ठी ढेकियाजुलीकी सभानेत्री सपना देवी मैनाली सचिव रेनुका देवी ।
हाम्रो स्वाभिमान असम राज्यका सभापति नारायण खतिवड़ा साथै प्राध्यापक देवानन्द मैनाली,प्राध्यापीका नवकुमारी देवी र आग्सु ढेकियाजुली का सदस्य हरु पनि उपस्थित रहन्छन।
सभाको थालनी भानुज्योति संघ सचिव हेमन्त चम्लगाई द्वारा हुन्छ भने अन्तमा धन्यवाद सहित कार्यक्रम समाप्त हुन्छ ।
उल्लेखनीय छ कि आउदो २जुलाई को दिन भानुज्योति संघ सभागृहमा कटुवाल जयन्ती उद्यापनको पनि भव्य प्रस्तुति चलि रहेको छ ।
Post a Comment