नेपाली भाषाको अस्तित्वलाई मेटाउने षड्यन्त्र अल इन्डिया रेडियोको कोही अधिकारीहरू र भारत सरकारको मैत्रालयले गरिरहेको छ।
Nelive24: आकाशवाणी दिल्लीले नेपाली भाषा बुलेटिन प्रसारण बन्द गरे पछि भारतीय गोर्खा अल्पसंख्यक मन्चका महाचिव गौतम कालिकोटे छेत्रीको Nelive24लाई आएको पत्रमा केहि तथ्य उल्लेखित छन ।
आकाशवाणी दिल्लीले नेपाली भाषाको प्रसारण हुने बेलुकी 07.25 बजेको एक्लो नेपाली राष्ट्रिय समाचार बुलेटिन दिल्लीबाट बन्द गरेको छ जुन छ दशक १९८९ देखि नयाँ दिल्ली मुख्यालय अल इन्डिया रेडियोबाट प्रसारण गरिन्थ्यो। यहाँ यो उल्लेखनीय छ कि यो एक्लो राष्ट्रिय बुलेटिन प्रसारणले भारतभरका गोर्खाहरूलाई समेटेको थियो। तर दुर्भाग्यवश कोविडको नाममा यसको अस्थायी स्थानान्तरण AIR, Gangtok मा गरिएको छ।यसको कभर क्षेत्र सिक्किम र दार्जिलिङ पहाडको वरपरका केही भागहरूमा मात्र सीमित भएको छ।
यहाँ बुझ्न पर्ने आवश्यक कुरा के छ भने नयाँ दिल्ली नेपाली इकाईका कर्मचारी कोभिटको संक्रमणबाट पूर्ण रूपमा निको भइसकेपछि पनि गान्तोकबाट जारी रहँदा भारतभरका गोर्खाहरू दुखित र आक्रोशित छन्। दिल्लीबाट पुनः सुचारु नगर्नु अल इन्डिया रेडियोले नेपाली भाषाको राष्ट्रिय मान्यता र भारतको गोर्खाहरुको राष्ट्रिय पहिचान मेटाउने षड्यन्त्र गरिरहेको छ । यो राष्ट्रिय प्रसारण नेपाली भाषी गोर्खाहरूको राष्ट्रिय चिनारीको अवधारणालाई बलियो बनाउने खाँबो हो।
यो एउटा षड्यन्त्र हो जुन आकाशवाणीका कोही अधिकारीहरूले गरिरहेको छ। अधिकारीहरूको यस्तो अपरिपक्व कार्यले भारतीय गोर्खाहरूलाई भारतको राष्ट्रिय मूलधारबाट अलग गरिरहेको छ।
दिल्ली हेड क्वार्टरबाट यसको पुन: सुरु नगर्नु अल इन्डिया रेडियो, दिल्लीका अधिकारीहरूको नराम्रो नियतलाई स्पष्ट रूपमा संकेत देखिन्छ र त्यहाँ असम, मेघालय, मणिपुर, त्रिपुरा, नागाल्याण्ड, मिजोरम, पश्चिम बंगाल, उत्तर प्रदेश, बिहार, झारखण्ड, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, जम्मू, पञ्जाब, राजस्थान, गुजरात, महाराष्ट्र, मध्य प्रदेश, कर्नाटक र अन्य दक्षिणी राज्यहरूमा बसोबास गर्ने करोडौं गोर्खाहरूको नेपाली भाषाको राष्ट्रिय महत्त्वलाई गम्भीर रूपमा कमजोर पारेको छ।
आकाशवाणी दिल्लीको सबैभन्दा अचम्मलाग्दो कार्य भनेको सन् २०२१ को मे महिनामा नै नेपालको लागि नेपाली समाचार बुलेटिन पुन: सुरु गरियो, तर एक मात्र नेपाली राष्ट्रिय बुलेटिन अझै गान्तोकबाट जारी छ, अर्थात् राष्ट्रिय स्तरमा नेपाली भाषा नेपालको भाषा हो र भारतका लागि सिक्किम राज्यको गान्तोकबाट प्रसारण हुँदैछ। यसले के बुझाउन भने सिक्किम राज्य नेपाली भाषी गोर्खाहरूको राज्य हो। भारतीय गोर्खा अल्पसंख्यक मन्चलाई अल इन्डिया रेडियोको अधिकारी सन्जिव वार्मले प्रत्रले स्पष्ट रूपमा घोषणा गरेको छ कि नेपाली भाषी गोर्खाहरूको राज्य सिक्किम हो। सिक्किम नेपालीहरूको राज्य हो। यसो हो भने गोर्खाल्याण्ड राज्य कसरी निर्माण गर्न सकिन्छ। बिजेपी र गठबन्धन सेनाले पहाडको जनतालाई जवाफ दिन पर्छ। २००९ देखि २०२२२ सम्म गोर्खाल्याण्ड नाममा पहाडको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हसको भर्पाई कसले गर्ने हो। अब गोर्खाल्याण्ड आन्दोलन रूप कस्तो हुन्छ? (संजिव वर्मा प्रत्र हेर्नुहोस्)
आकाशवाणीको यो कार्यले सिक्किमका हाम्रा भुटिया लेप्चा भाइहरूलाई नराम्रो प्रभाव साथै रिस उठाउन सक्छ, किनकि यसले उनीहरूको राष्ट्रिय चिनारी र राज्यको हितलाई गहिरो रूपमा हानि पुर्याउँछ। यसले सिक्किम राज्यको ३७१(F)को गरिमा र महत्त्व नष्ट गर्न खोजिरहेको छ।
यतिमात्र होइन AIR को यस कार्यले नेपाली भाषी गोर्खाहरूको राष्ट्रिय पहिचान र भाषाको संवैधानिक मान्यतालाई खतरामा पारेको छ जुन समग्र भारतीय गोर्खाहरूको लागि गहिरो चिन्ताको विषय हो।
तसर्थ, हामी दिल्लीबाट यसको तत्काल पुन: सुचारु गर्न माग गर्दछौं र भारत सरकारले यस्तो धिनलागदो षड्यन्त्र गर्ने अधिकारीहरू विरुद्ध कडा कारबाही गर्नुपर्छ।
अब प्रश्न आउछ भाषा पाउन गरिएको छत्तीस वर्षको संग्राम व्यर्थ ग्एको हो त? किन सामाजिक संस्था मौन छन ? भाजपा के भारतीय गोर्खाहरुको अस्तित्व जोगाउने पक्षमा छ त?
Post a Comment