Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

लोकसभाको प्रश्नकालमा गोर्खाहरुको 𝐏𝐏𝐒 को मुद्दा उठाउने सांसद गौरव गोगोईले

नयाँ दिल्ली, १३ डिसेम्बर: असमको कलियाबर लोकसभा क्षेत्रका सांसद गौरव गोगोईले मंगलबार लोकसभामा उठाउने भए गोर्खाहरुको पीपीएसको मुद्दा।

थाहा लागे अनुसार, उनले लोकसभाको शुन्यकालमा होइन प्रश्नकालमा गोर्खाहरुको स्थायी राजनैतिक समाधानको मुद्दा उठाउने भएका छन्।
गृहमन्त्री समक्ष राखिएको गोर्खा सम्बन्धी प्रश्नको जवाफ गृहमन्त्री अमित शाहले के दिने हुन् त्यो भने महत्त्वपूर्ण छ।

उल्लेखनीय छ, दार्जिलिङका सांसद राजु बिष्टले धेरै पटक पीपीएसको मुद्दा लोकसभामा उठाए तापनि आजसम्म प्रश्नकालमा भने उठाएका थिएनन्।

Post a Comment

Previous Post Next Post