ओदालगुडी, २५ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ, ओदालगुडी महाविद्यालय एकाईको उद्योगमा तथा ओदालगुडी आञ्चलिक समितिको सहयोगमा ११औं रमाइलो भेटघाट समारोह सम्पन्न हुन्छ।
जानकारी अनुसार, ओदालगुडी शहरस्थित विष्णु राभा कृष्टि संघ प्रेक्षागृहमा गोर्खा छात्र संघ ओदालगुडी महाविद्यालय एकाईका सभापति आर्यन शर्माको सभापतित्व तथा संयुक्त सचिव दिननाथ अधिकारी र सुभाशिष शर्माको सञ्चालनामा सम्पन्न कार्यक्रममा ओदालगुडी महाविद्यालयका गोर्खा विद्यार्थीहरुले नवागत गोर्खा छात्र-छात्राहरुलाई औपचारिक रूपमा महाविद्यालयमा स्वागत गरेका छन्। रमाइलो भेटघाट समारोहको सांस्कृतिक कार्यक्रममा ओदालगुडी महाविद्यालयका गोर्खा विद्यार्थीहरुले आफ्नो जातीय भेषभुषा परिधान गरेर विभिन्न गीत-नृत्य प्रदर्शन गरे।
उक्त कार्यक्रम अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिको शिक्षा विभागका सदस्य लेखनाथ शर्मा, ओदालगुडी जिल्ला समितिका सभापति सोमराज सुनार, मूल सचिव सञ्जीव खतिवडा, ओदालगुडी आञ्चलिक समितिका सभापति मनोज कुमार राउत, मूल सचिव टङ्क मगर, खुशुराबारी हाबी आञ्चलिक समितिका सभापति/मूल सचिव, बान्दरगुडी आञ्चलिक समितिका मूल सचिव, ओदालगुडी महाविद्यालयका उपाध्यक्ष टङ्क बहादुर गौतम छेत्री, ओदालगुडी उच्चतर माध्यमिक विद्यालयका अध्यक्ष पुष्पधर शर्मा लगायत धेरैजना गण्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।
Post a Comment