चिराङ,०९ अक्टोबर: बीटीआर क्षेत्रको चिराङ अन्तर्गत कोइलामोइलामा शुक्रबार स्मृतिग्रन्थ 'यज्ञाञ्जली' लोकार्पण समारोह सम्पन्न हुन्छ।
जानकारी अनुसार, चिराङ जिल्ला अन्तर्गत कोइलामोइलाका विशिष्ट समाजसेवी, भाषा संग्रामी तथा संगठक स्वर्गीय एग्ये प्रसाद शर्माको प्रथम मृत्यु वार्षिकसित मेल राख्दै उनको स्मृतिमा विशिष्ट साहित्यकार गोविन्द शाण्डिल्यको सम्पादनामा प्रकाशित स्मृतिग्रन्थ 'यज्ञाञ्जली' विशिष्ट साहित्यकार कमलनाथ शर्माको बाहुलीबाट बिमोचन हुन्छ।
कोइलामोइलास्थित स्वर्गीय एग्ये प्रसाद शर्माको निज निवासमा मोहन अाचार्यको अध्यक्ष्यतामा सम्पन्न श्रद्धाञ्जली अर्पण कार्यक्रम तथा लोकार्पण समारोहमा अनेसासका केन्द्रीय उप सभापति भवानी प्रसाद शर्मा, बङ्गाईगाँव जिल्ला समितिका सभापति पुर्ण काफ्ले, चिराङ जिल्ला समितिका सभापति सोमनाथ सुवेदी, मूल सचिव राजेन शाण्डिल्य, बोडो साहित्यकार बिर्दाअो बसुमतारी, बीटीआरका मनोनित पार्षद् माधव चन्द्र छेत्री, गोर्खा छात्र संघ आञ्चलिक समितिका मूल सचिव खेमराज नेउपाने, कोइलामोइला गोर्खा दुख निवारण समितिका सभापति कृष्ण भण्डारी, मूल सचिव अमल कार्की, कोइलामोइला गणेश निर्माण समितिका सभापति कमल तिम्सिना, मूल सचिव मुक्तिनाथ सुवेदी, कोइलामोइला गोर्खा समाजबाट भक्तवीर तिम्सिना, सुनीता केशी र बिना भारती लगायत धेरैजना गण्यमान्य व्यक्तिहरु उपस्थित थिए।
Post a Comment