ओदालगुडी, ३१ अक्टोबर: शनिबार अखिल असम गोर्खा छात्र संघ कलागुरु विष्णुराभा महाविद्यालय शाखा समितिको प्रतिनिधि सभा सम्पन्न हुन्छ।
जानकारी अनुसार, ओदालगुडी जिल्ला अन्तर्गत ओराङस्थित भी.सी.डी.सी. कार्यालयमा सम्पन्न भएको प्रतिनिधि सभामा पुरानो शाखा समिति विघटन गरी आगामी कार्यकालको लागि नयाँ शाखा समिति गठन गरिएको छ। नवगठित शाखा समितिमा प्रकाश शर्मालाई सभापति र देवराज छेत्रीलाई मूल सचिवको रूपमा लिएर कूल ३१ जनाको एउटा शसक्त शाखा समिति गठन गरिएको छ।
उक्त सभामा अखिल असम गोर्खा छात्र संघ ओदालगुडी जिल्ला समितिका सभापति सोमराज सोनार, बी.टी.सी. क्षेत्रीय समितिका सह सचिव पूर्ण विष्ट, ओराङ, धनश्रीघाट र माजबाट आञ्चलिक समितिका सभापति र मूल सचिव, असम गोर्खा सम्मेलन ओडालगुडी जिल्ला समितिका मूल सचिव पूर्ण राई, किशोर कश्यप र विकास भट्टराई उपस्थिति रहेको थियो।
Post a Comment