पश्चिम कार्बी आङलङ, ८ अगस्त: पश्चिम कार्बी आङलङ जिल्ला अन्तर्गत दयाङमुख हाईस्कूल प्राङ्गणमा आज असम नेपाली साहित्य सभा, पश्चिम कार्बी आङलङ जिल्ला समितिको चौथो कार्यकारिणी सभा सम्पन्न हुन्छ।
जानकारी अनुसार, अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला उपाध्यायको सञ्चालनामा सम्पन्न भएको सभामा सभाको उद्देश्य व्याख्या गरेका थिए अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका मूल सचिव गणेश छेत्रीले।
यस कार्यकारिणी सभाले आउँदो साहित्य दिवस हवाईपुर शाखामा, भाषा दिवस दयाङमुख शाखामा र बलिदान दिवस तुम्प्रेङ शाखाको सहयोगमा उद्यापन गर्ने निर्णय लिएको छ। उक्त सभामा भाषा साहित्य संस्कृति, जातीय क्षेत्रीय समस्याहरु कसरी समाधान गर्न सकिन्छ त्यसबारे पनि छलफल हुन्छ।
सभामा अनेसास केन्द्रीय समितिका उप-सभापति रमाकान्त पौडेल, सदस्य नरबहादुर छेत्री, ज्योति होमागाई, दयाङमुख अञ्चलका सरकारी गाउँ प्रधान तथा अनेसासका आजीवन सदस्य रामु शर्मा र अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समिति अन्तर्गत हवाईपुर, जिरीबासा, डिखलेम, तुम्प्रेङ शाखा र अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
Post a Comment