न्युज डेस्क,११ अगस्त: एउटा राम्रो खबर। पश्चिम बङ्गाल डुवर्सको अलीपुरद्वाराबाट गोर्खा चेली दीपिका छेत्री भारतीय सेनामा मेजर बन्ने प्रथम महिला मेजर बनेकी छन्।
थाहा लागे अनुसार, दीपिका हासीमाराको पश्चिम सताली बस्ती बजार निवासी स्व. सुबेदार राम बहादुर छेत्री अनि बिष्णुमाया छेत्रीकी छोरी हुन्। दीपिका छेत्रीले एयर फोर्स स्कूल, हासीमाराबाट प्राथमिक शिक्षा, सेन्ट मिरास गल्स कलेजबाट B.com र पुणे विश्वविद्यालयबाट M.com शिक्षा हासिल गरेकी हुन्।
उनले ९ अगस्त २०२१-को दिनदेखि मथुरामा कमान्डिङ अफिसरको पद सम्हालेकी हुन् भने आगामी सितम्बर महिनाको २२ तारिख लेफ्टिनेन्ट कर्नेलको पदमा उनको पदोन्नति हुने भएको छ।
Post a Comment