गुवाहाटी,३० जुलाई: शुक्रवार दिउँसो ११ बजे मेट्रिक-हाइमाद्रासा परीक्षा २०२१-को नतिजा घोषणा गरिएको छ। कोभिड-१९ ले सृजना गरेको लहरको कारण यसपाली सेबा (SEBA) द्वारा सञ्चालित मेट्रिक र हाइमाट्राको परीक्षाबिना नै विकल्प मूल्याङ्कन पद्धतिले नतिजा घोषणा गरिएको हो।
२०२१ वर्षको मेट्रिक परीक्षामा समग्र असममा ९३.१० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। यसपाली प्रथम विभागमा ८८,५२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने द्वितीय विभाग १,६०,२९८ जना र तृतीय विभागमा १,४८,३१३ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। मेट्रिक परीक्षामा ९३.३४ प्रतिशत छात्र परीक्षार्थी उतीर्ण भएका छन् भने ९२.९० प्रतिशत छात्रा परीक्षार्थी उत्तीर्ण भएका छन्।
अर्कातिर, हाइमाद्रासाको परीक्षामा उत्तीर्ण भए ११,४३८ जना परीक्षार्थी। हाइमाद्रासाको परीक्षामा कूल उतीर्ण ९३.१८ प्रतिशत परीक्षार्थी। प्रथम विभागमा १,७५९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने द्वितीय विभागमा ५,५८६ जना र तृतीय विभागमा ४,०९३ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
मेट्रिक र हाइमाद्रासा परीक्षामा सफलताले उतीर्ण सम्पूर्ण परीक्षार्थीलाई बधाई।
Post a Comment