बाक्सा, २८ जुलाई: बीटीआर प्रमुख प्रमोद बडो र बीटीआर गोर्खा समाजमाझ भेटवार्ता सम्पन्न भएको छ। जानकारी अनुसार, बुधवार बाक्सा जिल्लाको तामुलपुरमा सम्पन्न भएको भेटवार्तामा बीटीआर प्रमुख प्रमोद बडोसँग बीटीआर गोर्खा समाजले विभिन्न जातीय मुद्दामाथि छलफल गर्यो।
भेटवार्ताको क्रममा आउँदो तामुलपुर विधानसभा क्षेत्रको उप चुनाउमा बीटीआर गोर्खा समाजले उम्मेदवारको माग गर्यो। बीटीआर गोर्खा समाजले ओबीसी बोर्ड, ल्याण्ड एडभाइजरी बोर्ड, सीएसबी आदि बोर्डहरूमा गोर्खाहरूले स्थान पाउनु पर्छ भनेर पनि दावी गर्यो।
नेपाली साहित्यको विकाश र सम्बर्द्धनको लागि प्रत्येक वर्ष गोर्खा साहित्यकारहरूले लेखेका ५ वटा पुस्तक बीटीसी सरकारले प्रकाशन गरि दिनुको साथै बीटीसीको पुस्तकालयमा वर्षेनी एक लाखसम्मको पुस्तक राख्नु पर्ने पनि बीटीआर गोर्खा समाजले प्रमोद बडोसँग माग गर्यो। अर्कातिर, वरिष्ठ साहित्यकार तारापति उपाध्यायलाई 'पद्मश्री पुरस्कार' प्रदान गर्नको निम्ति भारत सरकार र असम सरकार समक्ष सिफारिस गर्न पनि बीटीसी सरकारसँग माग गर्यो बीटीआर गोर्खा समाजले।
यता ओदालगढी र बास्का जिल्लामा बीटीआर गोर्खा समाजको कार्यलय निर्माणको निम्ति फण्ड प्रदान गर्नको निम्ति पनि बीटीसी सरकारलाई दावी गर्यो बीटीआर गोर्खा समाजले। ओदालगढीस्थित केन्द्रीय विद्यालयको भवन निर्माणको निम्ति पनि प्रमोद बडोसँग अनुरोध गर्यो बीटीआर गोर्खा समाजले। बीटीआर भित्र आधार कार्डको समस्या समाधानको निम्ति उचित कदम उठाउन पनि बीटीआर प्रमुख समक्ष बीटीआर गोर्खा समाजले अनुरोध गर्यो।
यता बीटीआर गोर्खा समाजले उठाएको मागहरु क्रमशः समाधान गर्ने बीटीआर प्रमुख प्रमोद बडोले बताएको कुरा सभापति उत्तम प्रधानले बताए।
भेटवार्तामा बीटीसी सरकारको पक्षबाट पार्षदद्वय माधव छेत्री र दिलिप बडो, बीटीआर गोर्खा समाजको पक्षबाट सभापति उत्तम प्रधान, सचिव प्रधान दिपक निरौलाको साथै लोहित उप्रेति, डिमेश्वर उपाध्याय, एब नारायण पाठक, होमलाल शर्मासहित २० जनाको टोलीको उपस्थिति रहेको थियो।
Post a Comment