Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

असमको एक इन्च माटो पनि मिजोरमले पाउदैन : मुख्यमन्त्री डा. हिम्मत विश्व शर्मा

गुवाहाटी,२७ जुलाई: असमको एक इन्च पनि माटो मिजोरमले पाउदैन भनी असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले बताएका छन्। सोमबार असम-मीजोरम सीमान्तको लाइलापुरमा दुई राज्यमाझ भइरहेको सीमा विवादलाई लिएर भएको संघर्षमा असमका ६ पुलिसकर्मी शहीद भएपछि आज पत्रकारलाई सम्बोधन गर्दै असमका मुख्यमन्त्री डा. शर्माले यस्तो बताएका हुन्। असम-मीजोरम सीमा विवादमा असमका ६ पुलिस शहीद भएकोले मुख्यमन्त्री हिमन्त विश्व शर्माले असममा तीन दिनको शोकको घोषणा पनि गरेका छन्।

असमका मुख्यमन्त्री हेमन्त विश्व शर्माले उक्त विवादबारे पत्रकारलाई सम्बोधन गर्दै भने - "फाइरिङ चलिरहेको समयमा मैले मिजोरामका मुख्यमन्त्रीलाई ६ पटक कल गरेको थिए। उनले मलाई माफी माग्दै ऐजवलमा बैठकको निम्तो दिएका छन्। कसैले पनि हाम्रो भूमिको एक इन्च पनि लैजान सक्दैनन्। हामी हाम्रो क्षेत्र सुरक्षित राख्न प्रतिबद्ध छौं। सिमानामा पुलिसलाई तैनाथ गरिएको छ।"

यता सीमानामा शहीद भएका पुलिसकर्मीको परिवारलाई असम सरकारले ५० लाख रुपियाँ अनि परिवारको एकजना सदस्यलाई सरकारी नोकरी दिने पनि घोषणा गरेका छन् मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले। अर्कातिर फाइरिङमा घाइते हुनेलाई १ लाख रुपियाँ अनि मिजोरम सिमानामा तैनाथ गरिएका पुलिसकर्मीलाई एक महिनाको अतिरिक्त तलव दिइने पनि मुख्यमन्त्री डा. शर्माले घोषणा गरेका छन्। त्यसको साथ साथै मिजोरम सीमानामा असम सरकारले ४००० कमान्डो तैनाथ गर्ने भएको छ अनि रिजर्भ वनलाई सुरक्षित गर्नको निम्ति सर्वोच्च न्यायालयमा मुद्दा गर्ने भएको छ।

स्मरण रहोस्, देशका गृहमन्त्री अमित शाहले पूर्वोत्तर भारत भ्रमण गरेको दुई दिन पछि नै असम-मिजोरम सीमानामा फाइरिङ चलेको थियो। गृहमन्त्री अमित शाहले पनि दुवै राज्यका मुख्यमन्त्रीलाई लिएर बैठक गरेर सीमानाको विवादलाई सुल्झाउन सुझाव पनि दिएका थिए।

Post a Comment

Previous Post Next Post