Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खाहरुलाई जनजातिको मर्यादा प्रदान गर्ने पक्षमा छैन भाजपा नेतृत्वको असम सरकार; भयो खुलासा!

न्युज डेस्क, २६ जुलाई: भाजपा नेतृत्वको असम सरकारले गोर्खाहरुलाई ठगिरहेको फेरि एकचोटि खुलासा भएको छ। असमको कलियाबर लोकसभा क्षेत्रका कांग्रेस सांसद गौरव गगैले केन्द्र सरकारलाई गोर्खाहरुको १३ जातगोष्ठीलाई जनजातिको मर्यादा प्रदान गर्ने सन्दर्भमा गरेका प्रश्नको उत्तर दिँदै भारत सरकारको जनजाति मन्त्रालयले स्पष्ट पारेको छ- वर्तमान समयसम्म गोर्खाहरुलाई जनजातिको दर्जा प्रदान गर्ने विषयमा कुनै प्रकारको प्रस्ताव प्रेषण गरेको छैन असम सरकारले।

उल्लेखनीय छ, गोर्खाहरुलाई जनजातिको मर्यादा प्रदान गर्न भारत सरकारलाई पश्चिम बङ्गाल, सिक्किम र उत्तराखण्ड सरकारले भने प्रस्ताव प्रेषण गरिसकेको छ।

गोर्खाहरुले लामो समयदेखि जनजातिको मर्यादा प्रदान गर्न माग गर्दै आए तापनि हालसम्म गोर्खाहरुलाई जनजातिको मर्यादा प्रदान गर्ने विषयमा यसरी सरकारले कुनै पहल नचालेकोले गोर्खाहरुलाई जनजातिको मर्यादा प्रदान गर्ने पक्षमा असम सरकार नरहेको पनि स्पष्ट हुन्छ।

अब ठूलो प्रश्न खडा हुन्छ, असम सरकारले गोर्खाहरुलाई प्रदान गरेको आश्वासन किन पुरा गर्दैन?

केवल चुनावी वैतरणी तर्न मात्रै आफ्नो संकल्प पत्रमा गोर्खाहरुलाई सम्मान प्रदान गर्दै आएको छ भाजपा नेतृत्वको असम सरकारले?

असमका गोर्खा संस्था-संगठनहरुले कस्तो प्रतिक्रिया दिनेछन् यस विषयमा?

कि मौन बस्नेछन् असमका गोर्खा संस्था-संगठन? त्यो समयमा मात्रै थाहा लाग्नेछ। तर गोर्खाहरुलाई जनजातिको मर्यादा प्रदानको पक्षमा नरहेको स्पष्ट भएको छ भाजपा नेतृत्वको असम सरकार।

Post a Comment

Previous Post Next Post