न्युज डेस्क: पश्चिम बंगाल सरकारको पहलमा 'बङ्गाल सहायता केन्द्र' राज्य भारी नै स्थापना भई रहेको छ। यो पहललाई खरसाङ नगरपालिकाले पनि आफ्नो कार्यालयमा आज विधिवत् स्थापना गरेको छ।
नगर अध्यक्ष ब्रिगेन गुरुङ भनेे- "बङ्गाल सहायता केन्द्र राज्यको विभिन्न विभागहरुको कार्यालयमा खोलिएको छ। खरसाङ नगरपालिकामा पनि आज देखि यो केन्द्र सञ्चालन हुँदैछ। जनतालाई दुःख नहोस भनेर यो केन्द्र मार्फत जनताले एक ठाउँमा नै आफूलाई चाहिएको सहायता पाउनु सक्छ। ड्राइभिङ लाइसेन्स, राशन कार्ड आदिको आवेदन अनि समस्या छ भने यो पोर्टल मार्फत सहायता लिनु सक्छन। यस पोर्टल मा २०० जति समस्याको समाधान लिनु सक्नेछन्।"
बंगाल सहायता केंद्र विषय थप जानकारी दिंदै नगर उपाध्यक्ष सुवास प्रधान ले भने, "बंगाल सहायता केन्द्र बंगाल सरकारको एउटा ई पोर्टल हो। नगरपालिकामा स्थापित केन्द्र मार्फत नगरवासीहरुले अब नगरपालिकामा कुनै पनि कार्यको आवेदन गर्न चाहे जस्तो ट्रेड लाइसेंस आदि अब यस पोर्टल मार्फत अनलाइन आवेदन गर्न सक्नेछन्।"
उनले थप भने- "यस केन्द्रलाई सञ्चालन गर्न नगरपालिका का दुई जना कर्मचारीहरू लाई तैनात गरिएको छ।"
आजको विधिवत् उदघाटन एक्सिक्युटिभ अफिसर रामकृष्ण दत्त, वित्त अधिकारी सुनिल सरकार, नगर पार्षदहरुको उपस्थितिमा नगर अध्यक्ष ब्रिगेन गुरूङको बाहुलीबाट भएको छ।
Post a Comment