गान्तोक, ३० मई,२०२१: कोरोनाको बढदो सङ्क्रमणलाई ध्यानमा राख्दै सिक्किम सरकारले राज्यमा आउँदो ७ जुनसम्मको लागि लकडाउन बढाएको छ।
यसभन्दा अघि पनि सिक्किम सरकारले १ सप्ताहको लागि लकडाउन बढाएको थियो। उक्त लकडाउनको समयसीमा भोलि समाप्त हुनगइरहेको थियो भने आज फेरि सिक्किम सरकारले राज्यमा थप सात दिनको लकडाउन बढाउने निर्णय लिएको छ।
Post a Comment