Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोसाईगाउँ विधान सभा क्षेत्रका विधायक माजेद्र नार्जारीको निधन

गुवाहाटी, २६ मई,२०२१:  असमको २८ नम्बर गोसाईगाउँ विधानसभा क्षेत्रका विधायक माजेद्र नार्जारीको अकाल मृत्यु भएको छ। आज बिहान ५:५० बजे जीएमसीएइचमा बीपीएफ दलका विधायक माजेद्र नार्जारीले अन्तिम श्वास फेरेका हुन। उनीको ब्रेन स्ट्रोकले मृत्यु भएको थाहा लागेको छ। विधायक माजेन्द्र नार्जारी विगत केही दिनदेखि कोभिड-१९ मा आक्रान्त भएर चिकित्साधीन थिए। यद्यपि कोभिड मुक्त भएका थिए माजेद्र नार्जारी। गुवाहाटीको जीएमसीएइचमा चिकित्सा चलिरहेको हुनाले उनले विधानसभामा शपथ लिन सकेका थिएनन्। माजेद्र नार्जारी चारपटक विधायक चुनिएका थिए।

              बीपीएफका विधायक माजेद्र नार्जारीको वियोगमा असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा, पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल, बीटीआर प्रमुख प्रमोद बडो र बीपीएफका सभापति तथा पूर्व बीटीसी प्रमुख हाग्रामा महिलारीले गहिरो शोक प्रकट गरेका छन्।

Post a Comment

Previous Post Next Post