गुवाहाटी, २१ मई,२०२१: आजदेखि १५ औं असम विधान सभाको पहिलो अधिवेशन शुरु भएको छ। असममा कभिड-१९ को बढ्दो संक्रमणबिच सम्पूर्ण कोभिड प्रोटोकलको पालना गर्दै विधान सभाको अधिवेशन सम्पन्न हुनेछ। कोभिड-१९ को संक्रमणको कारण तीन दिवसीय यस अधिवेशन ५० प्रतिशतको उपस्थितिमा चल्नेछ। विधान सभाको पहिलो दिन अर्थात् आज प्रोटेम सभामुख फणिभूषण चौधरीले असमका नवनिर्वाचित विधायकहरूलाई पद एवम् गोपनीयताको शपथ पाठ गराउनेछन्। असमका अन्य नवनिर्वाचित विधायकहरुको साथै अखिल गोगोईले पनि सपथ ग्रहण गर्नेछन्। नियाको मामिलामा एकवर्ष भन्दा बढी काराबन्दी भइरहेका अखिल गोगोईले कारागार भित्रै बसेर चुनाव लडेका थिए। एेतिहासिक शिवसागर विधान सभा क्षेत्रका जनताले संग्रामी नेता अखिल गोगोईलाई जिताएर असम विधान सभाको मझेरीमा पठाए तापनि उनी कारागारबाट मुक्त भएका छैनन्। स्वास्थ्यजनित कारण जीएमसीएइचमा चिकित्साधीन अखिल गोगोईले शिवसागरको विधायकको रूपमा सपथ ग्रहणको सुविधा उपलब्ध गराउन अदालतमा अर्जि पेश गरेका थिए भने त्यसै अर्जिको आधारमा नियाको अदालतले नवनिर्वाचित विधायक अखिल गोगोईलाई शपथ ग्रहणको लागि अनुमति प्रदान गरेको थियो।
यता भोलि विधान सभामा राज्यपाल जगदीश मुखीले अभिभाषण राख्नेछन् भनी थाहा लागेको छ।
Post a Comment