Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कोभिड-१९ ले अकालमै प्राण गुमाए छत्र बहादुर थापाले

बाक्सा,१४ मई, २०२१: समग्र देश तथा राज्यमा कोरोना महामारीको कहर जारी छ। बीटीआर अन्तर्गत बाक्सा जिल्लामा पनि दिनप्रतिदिन कोभिड-१९ को संक्रमणमा बढोत्तरी भइरहेको छ भने दिनहुँ मृत्युको संख्या पनि बढिरहेको तथ्य स्वास्थ्य विभागबाट प्राप्त भएको छ। त्यसैबिच बाक्सा जिल्लामा कोभिड-१९ को चपेटमा परी फेरि एकजना गोर्खा व्यक्तिले अकालमै ज्यान गुमाउनु परेको छ। प्राप्त जानकारी अनुसार, शुक्रवार भारत-भुटान सीमान्त क्षेत्रको नाग्रीजुलिको गुवाबारी निवासी ३६ वर्षीय छत्र बहादुर छेत्रीको मृत्यु भएको छ। उल्लेख्य छ जाग्रीजुलि अञ्चलमा कोभिड-१९ को संक्रमण दिनप्रतिदिन बढिरहेको छ। जस्ले गर्दा नाग्रीजुलि अञ्चलका मानिसहरुमाझ त्रासको सृजना भएको छ।

Post a Comment

Previous Post Next Post