Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

चिराङको घटनामाथि अनित थापाको प्रतिक्रिया

चिराङमा वन विभागले गोर्खा परिवारको घरमा आगो लगाइदिएको कार्य अत्यन्तै निन्दनीय: अनित थापा

दार्जिलिङ, २५ मई,२०२१: बीटीआरको चिराङ जिल्लाको रुनिखाता थाना अन्तर्गत करैबारी वनगाउँमा गत २० मईको दिन चिराङ जिल्ला वन विभागले अवैध जमिन मुक्त गर्ने क्रममा अग्रिम सूचना जारी नगरिकन करैबारी वनगाउँमा गोर्खा परिवारको घरमा आगो लगाईदिएको कार्यमा गोर्खा जनमुक्ति मोर्चा बिनय खेमा महासचिव अनित थापाले प्रतिक्रिया व्यक्त गरेका छन्। अनित थापाले चिराङ जिल्ला वन विभागको यस्तो अमानवीय कार्यलाई निन्दा गर्दै सम्पूर्ण भारत कोरोना महामारीको बिच फसेको बेला प्रशासनबाट यस्तो कार्य हुनु अमानवीय बताएका छन्। साथै गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको पक्षबाट घटनालाई कडा शब्दमा विरोध गरेका छन्।

            हालै असममा गठन भएको भाजपा गठबन्धन सरकारमा असमका दुई भाजपा विधायक मन्त्रीमण्डलमा सामेल नभए तापनि गोजमुमो महासचिव थापाले दुई गोर्खा विधायकलाई यस्तो कठिन परिस्थितिमा जातिय हितको निम्ति अगाडि आएर आफ्नो समुदायको निम्ति बोलिदिन आग्रह गरेका छन्। साथै अनित थापाले बीटीआर प्रमुख प्रमोद बडोलाई चिराङको घटनाको निष्पक्ष जाँच तथा पीडितलाई क्षतिपूर्ति र पुर्नवासको निम्ति कदम उठाइदिन निवेदन गरेका छन्।

            भारतको कुनै क्षेत्रमा गोर्खा समुदाय प्रति अत्याचार हुन्छ भने गोर्खा जनमुक्ति मोर्चा हिजो पनि बोलेको थियो र आउने दिनहरुमा पनि जातिय हितको निम्ति बोल्ने बताउँदै गोजमुमो विनय खेमा महासचिव अनित थापाले चिराङको घटनामाथि असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र बीटीआर प्रमुख प्रमोद बडोलाई चाँडोभन्दा चाँडो निष्पक्ष कदम उठाइदिन आग्रह गरेका छन्।

Post a Comment

Previous Post Next Post