Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›असम›युवा लेखक तथा 'आग्सु' नेता प्रकाश कोइरालालाई 'युवा प्रतिभा पुरस्कार २०२६' प्रदान
असम

युवा लेखक तथा 'आग्सु' नेता प्रकाश कोइरालालाई 'युवा प्रतिभा पुरस्कार २०२६' प्रदान

Super Admin12 January 20261 min read

राष्ट्रिय युवा दिवसको अवसरमा युवा लेखक प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार–२०२६’

​गुवाहाटी:

राष्ट्रिय युवा दिवस तथा स्वामी विवेकानन्दको जन्मजयन्तीको पावन अवसरमा भारतीय जनता युवा मोर्चा (BJYM), असम प्रदेशले बाक्सा जिल्लाका उदीयमान युवा लेखक तथा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिका साङ्गठनिक सचिव प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार–२०२६’ बाट सम्मानित गरेको छ।

​गुवाहाटीमा आयोजित "आत्मनिर्भर असम गढा – युवा शक्तिको द्वारा" शीर्षकको विशेष समारोहमा भाजपा असम प्रदेशका अध्यक्ष तथा सांसद दिलीप शैकियाले कोइरालालाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्नुभयो। साहित्य, इतिहास तथा समाजचेतन लेखनमार्फत युवापुस्तालाई निरन्तर प्रेरणा प्रदान गरेको र सामाजिक संगठनमा सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।

हालै मात्र असम सरकारबाट 'युवा लेखक पुरस्कार' समेत प्राप्त गरिसकेका कोइरालाको सामाजिक र साहित्यिक सक्रियतालाई राज्यस्तरमा उच्च प्राथमिकताका साथ हेरिएको छ। प्राप्त सम्मान पत्रमा असमका माननीय मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा, भाजपा असम प्रदेशका अध्यक्ष दिलीप शैकिया र भाजयुमोका प्रदेश अध्यक्ष राकेश दासको हस्ताक्षर रहेको छ।

​सम्मान पत्रमा स्वामी विवेकानन्दको आदर्शबाट अनुप्राणित भई कोइरालाले समाज निर्माणमा देखाएको निष्ठा र जिम्मेवारीबोधलाई अन्य युवाहरूका लागि एक अनुपम उदाहरणको रूपमा उल्लेख गरिएको छ। उहाँको लेखन र साङ्गठनिक नेतृत्वले युवा समाजमा आत्मविश्वास र नयाँ आशा जगाउन सफल भएको कुरा सम्मान पत्रमा समेटिएको छ।

बाक्सा जिल्लाका लागि गौरवको विषय बनेको यो सम्मानले कोइरालाको आगामी साहित्यिक र सामाजिक यात्रालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

​#newsupdates #nelive24 #NationalYouthDay #AssamYouthAward #PrakashKoirala #AAGSU #BJYM #AssamNews

#AAGSU#Assam News#Baksa Writer#BJYM Assam#Dilip Saikia#Gorkha Youth#National Youth Day Assam#NE LIVE 24#Prakash Koirala#Yuva Pratibha Award 2026
About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

15 Jun 2026
গোৰ্খা উন্নয়ন পৰিষদৰ বৃহৎ পদক্ষেপ: তেজপুৰত ছাত্ৰাবাস নিৰ্মাণ আৰু বিনামূলীয়া APSC প্ৰশিক্ষণ | Nelive24

গোৰ্খা উন্নয়ন পৰিষদৰ বৃহৎ পদক্ষেপ: তেজপুৰত ছাত্ৰাবাস নিৰ্মাণ আৰু বিনামূলীয়া APSC প্ৰশিক্ষণ | Nelive24

5 Jun 2026
शोणितपुरमा गोर्खा गौरव: GDC द्वारा मणि कुमार सुब्बा र मेजर दुर्गा मल्लको शालिक अनावरण हुँदै | Nelive24

शोणितपुरमा गोर्खा गौरव: GDC द्वारा मणि कुमार सुब्बा र मेजर दुर्गा मल्लको शालिक अनावरण हुँदै | Nelive24

29 May 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.